काठमाडौं उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

Mar 25, 2019 RSS

काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ।

आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ। दश किलोमिटर लामो सो खण्डमा सन् २०११ मा कोरियाली समूहले सम्भाव्यता अध्ययन गरेको थियो । उक्त प्रतिवेदनले प्राविधिकरुपमा सो खण्डमा रेल सम्भव रहेको देखाएको उनले बताए । चित्रकारले भने, “प्राविधिक हिसाबले सम्भावना देखिए पनि यसका अरु पक्ष अध्ययन प्रतिवेदनमा आउनेछ।”

मेट्रो रेलतर्फ नै सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानीलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ। यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए। उनले भने, “इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको छ।”

खोकना र नारायणगोपाल चोकदेखि बूढानीलकण्ठ खण्ड गरेर दुई खण्ड झण्डै १० किलोमिटर लामो छ । खोकना द्रतमार्ग (फास्ट ट्र्याक) को प्रस्तान बिन्दु भएकाले त्यहाँसम्म सम्भावता अध्ययन गर्न लागिएको हो । उनले भने, “एकातिर चक्रपथ बाहिर जनघनत्व बढ्दै गएकाले र अर्कातिर दु्रतमार्गका कारण खोकनासम्म मेट्रो रेलको विस्तार आवश्यक ठानिएको हो।”

सरकारले केही वर्ष पहिलेसम्म सातदोबाटोदेखि महाराजगञ्जसम्मको खण्डमा मात्रै रेल निर्माण गर्ने योजना बनाएको प्रवक्ता चित्रकारले बताए । उनका अनुसार चक्रपथको बाहिरी भागमा समेत जनघनत्व बढ्दै गएकाले मेट्रो रेललाई अन्यत्रसमेत फैलाउने योजना बनाइएको हो । उनले भने, “काठमाडौँ उपत्यकामा बसोबास गर्ने जनसङ्ख्या थपिइरहेकाले शहरी रेल सबैतिर चलाउन आवश्यक भइसकेको छ।”

तीन खण्डमा पूर्वसम्भाव्यता अध्ययन र त्यसपछि विस्तृत अध्ययन प्रतिवेदनका लागि झण्डै डेढ वर्ष लाग्ने विभागकोे अनुमान छ । ठेक्का सम्झौता भएर कार्यादेश भएपछि झण्डै १५ महीनाको ठेक्का अवधि हुने उनले बताए । व्यवस्थापिका–संसद्को विकास समितिकोे बैठकले दुई महीना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मेट्रो रेल निर्माण अघि बढाउन निर्देशन दिएको थियो ।

समितिले रेल विभागलाई काम अगाडि बढ्ने गरीे पुनःसम्भाव्यता अध्ययन गर्न र रेलमार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन भनेको थियो । एकातिर मेट्रो रेलको अध्ययनमा रेल विभाग लागिरहँदा लगानी बोर्डले पनि नागढुङ्गादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अध्ययन गर्न लागेको छ।

नागढुङ्गादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि बोर्डले संयोजन गरिरहेको चित्रकारले बताए।

यसैगरी सरकारले यसअघि नै ९४५ किलोमिटर लम्बाइको मेची–महाकाली विद्युतीय रेलमागको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गरिसकेको छ । नेपाल–चीन जोड्ने केरुङदेखि काठमाडौँ रेलमार्गको चीन सरकारले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । रेलमार्गमा विस्तृत अध्ययन प्रतिवेदनको प्रक्रिया अघि बढेको छ।

भारत सरकारको सहयोगमा वीरगञ्जदेखि काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । रेलमार्गको अध्ययन अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।