एयरबससँगको प्रतिस्पर्धाका कारण हतारमा तयार गरिएको थियो बोइङ ७३७ म्याक्स ८ विमान

Mar 25, 2019 Merolagani

- सबिना बजगाई। 
बोइङ्गको ७३७ म्याक्स ८ विमान ५ महिनाभन्दा कम समयमा दुईपटक दुर्घटनाको शिकार हुँदा ३४६ जनाले ज्यान गुमाउन पुगे। गत वर्ष अक्टोबरमा लायन एयरको बोइङ्ग विमान दुर्घटना भएको थियो। त्यसपछि यसै वर्ष मार्चमा इथियोपिया एयरलाइनको बोइङ्ग विमान दुर्घटना भयो।

प्रारम्भिक अनुसन्धानमा यि दुवै दुर्घटनामा अधिक समानता देखिएको बताइएको छ। दुबै विमान उडान भरेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएका थिए। रिपोर्टका अनुसार दुवै मामलामा उडान भर्ने बित्तिकै विमानका पाइलटले एयरपोर्टमा फर्किनका लागि अनुरोध गरेका थिए।

पाइलटले विमानको नियन्त्रणमा समस्या देखिएको बताएका थिए। दुबै घटनाको जाँच भइरहेको छ र यि दुबै दुर्घटनाको समानताले एयरलाइन्स र नियामक निकायहरुलाई सर्तक गराइदिएको छ।
अब बोइङ्गको उक्त विमानलाई लिएर एउटा खुलासा भएको छ।

खबरका अनुसार, विमान निर्माता कम्पनी बोइङ र एयरबसका बीच प्रतिस्पर्धा चलिरहेको थियो । बोइङ्ग ७३७ म्याक्सको निर्माण प्रतिस्पर्धाको दबाबमा एकदमै हतारमा गरिएको बताइएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सन् २०११ मा बोइङको सबैभन्दा ठूलो ग्राहक अमेरिकन एयरलाइन्सले उसको प्रतिद्धन्द्धी एयरबसलाई सयौं नयाँ फ्यूल एफिशियन्ट विमान अर्डर दिने तयार गर्याे यसबाट बोइङ्गलाई ठूलो झट्का लागेको थियो ।

यसै क्रममा बोइङ्गले कारोबार गर्नका लागि आक्रामक रुपमा आफ्नो विमान विकासमा अगाडि बढ्यो । निर्माण सुरु गरेको ६ महिनामा नै बोइङ ७३७ म्याक्स विमान अस्तित्वमा आएको थियो ।

इथियोपियामा भएको दुर्घटनापछि एसिया लगायत दुनियाँभरका देशले बोइङ्गको सेवामा रोक लगाइदिएका छन् । अमेरिकी एयरलाइन्सले पनि आफ्नो बोइङ्ग विमानलाई रोकिदिएको छ।

बोइङले ७३७ म्याक्स ८ मोडलका ४९ वटा विमानका लागि ५ अर्ब बराबरको अर्डर रद्द गरिदिएको छ । यो सँगै कम्पनीको प्रतिष्ठा र मुनाफा दुबै खतरामा परेको छ।

हाल जाँचकर्ताहरुले कतै म्याक्स विमानको डिजाइनिङ्ग, डेभलपमेन्ट र सर्टिफिकेशनको हतार त दुर्घटनाको कारण हेइन भन्ने कुरामा खोजबिन गरिरहेको बताइएको छ।

-एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।