मर्जरका लागि तीनवटा विकास बैंकको सेयर रोक्का

Jul 03, 2014 AarthikDainik

आर्थिक संवाददाता , काठमाडौं, असार १८ ,
 
 मर्जरका लागि तीनवटा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । क्षेत्रीयस्तरका त्रिवेणी विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक र पब्लिक डेभलपमेन्ट बैंकले मर्जरमा जानको लागि औपचारिक रुपमा सहमति गरेपछि बुधबारबाट ती बैंकको सेयर कारोबार रोक्का भएको हो । मर्जरपश्चात् राष्ट्रियस्तरको त्रिवेणी विकास बैंकको नाउँमा वित्तीय कारोबार गर्ने सहमति भएको छ । एकीकृत कारोबार गर्ने त्रिवेणीको चुक्ता पुँजी ६६ करोड रुपैयाँ पुग्नेछ । हाल<
आर्थिक संवाददाता , काठमाडौं, असार १८ ,  
मर्जरका लागि तीनवटा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । क्षेत्रीयस्तरका त्रिवेणी विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक र पब्लिक डेभलपमेन्ट बैंकले मर्जरमा जानको लागि औपचारिक रुपमा सहमति गरेपछि बुधबारबाट ती बैंकको सेयर कारोबार रोक्का भएको हो । मर्जरपश्चात् राष्ट्रियस्तरको त्रिवेणी विकास बैंकको नाउँमा वित्तीय कारोबार गर्ने सहमति भएको छ । एकीकृत कारोबार गर्ने त्रिवेणीको चुक्ता पुँजी ६६ करोड रुपैयाँ पुग्नेछ । हाल भने त्रिवेणीको चुक्ता पुँजी ३७ करोड ६१ हजार तीन सय रुपैयाँ रहेको छ । बजार पुँजीकरण ९८ करोड ४३ लाख ६३ हजार ५८ रुपैयाँ रहेको बैंकको कारोबार रोक्का हुनुअघि दुई सय ६६ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा पाँच करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको ब्राइटको भने कारोबार रोक्का हुुनुअघि एक सय ३८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । 
 क्षेत्रीयस्तरको विकास बैंकको रुपमा काभ्रेको पनौतीमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकको बजार पुँजीकरण १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ तीन पैसा रहेको छ ।  वीरगञ्जको आदर्शनगरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको पब्लिक डेभलपमेन्ट बैंकको भने पछिल्लो समय एक सय ८५ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।  कारोबार रोक्का हुनुअघि उक्त बैंकको बजार पुँजीकरण २७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा एक करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ८४ पैसा रहेको छ ।  
 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।