कम्पनीका वित्तीय विवरण आउने क्रम सुरु, लगानीकर्ताको ध्यान कम्पनीको अबस्था भन्दा पनि बढेको बजारमा केन्द्रित

Jul 22, 2014 Reports

आर्थिक बर्ष समाप्त भएपछि विभिन्न बैंक तथा वित्तीय संस्था र पब्लिक कम्पनीहरुले लेखा परीक्षण नभएको चौथो त्रैमासिक बित्तीय प्रतिबेदनहरु धमाधम प्रकाशित गर्न थालेका छन् । 
 
 

 

यस क्रममा फस्ट माईक्रो फाईनान्स डेभलपमेन्ट बैंकले  FMDBL अपरिस्कृत बित्तीय विवरण प्रकाशित गरी लगानीकर्ताको ध्यान आकृष्ट गरेको छ । १०  करोड रुपैया शेयर पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा २ करोड ५६ लाख नाफा कमाउन सफल भएको छ । यसको प्रति शेयर आम्दानी ३९ रुपैया रहेको छ । बैकको जगेडा कोषमा ३ करोड ३८ लाख रुपैया र निस्क्रिय कर्जा भने सुन्य रहेको छ । 
त्यसैगरी युनिक फाईनान्सले UFIL  आफ्नो चौथो त्रैमाससम्ममा ३ करोड ४४ लाख नाफा आर्जन गर्न सफल भएको छ । २० करोड रुपैया शेयर पूँजी रहेको फाईनान्सको प्रतिशेयर आम्दानी १५ रुपैया रहेको छ । त्यसैगरी गत आर्थिक बर्षमा फाईनान्सले खराव कर्जा घटाई सुन्य दशमलव ४५ प्रतिशतमा झारेको  छ । यस्को जगेडा कोषमा ४ करोड ८९ लाख रुपैया रहेको छ । शेयर बजारमा 
त्यस्तै गरी पोखराको सिटी डेभलपमेन्ट बैंकले पनि आफ्नो लेखा परीक्षण नभएको बित्तीय विवरण प्रकाशित गर्दै  १४ करोड संचालन नाफा गरेको जनाएको छ । कास्की आसपासका जिल्लाहरुमा कार्य क्षेत्र विस्तार गरी अगाडि बढेको सो विकास बैंकको आम्दानी प्रतिशत गत बर्षको तुलनामा ह्वात्तै बढेको छ ।
त्यसैगरी गौरीशंकर डेभलपमेन्ट बैंक (GSDBL)ले गत आर्थिक बर्षमा ७ करोड १४ लाख रुपैया नाफा गरेको जनाएको छ । यो ंबैंक हाल किस्ट र प्रभु विकास बैंकसंग गाभिने क्रममा शेयर कारोबार बन्द  छ । 
साना कम्पनीहरुको बित्तीय विवरणहरु सार्वजनिक हुँंदै गर्दा लगानीकर्ताहरु भने बढेको बजारमा आर्कशित भईरहेका छन् । कृषि बिकास बैंक ADBL, नबिल NABIL, नेपाल ईन्भेष्टमेन्ट NIB , ग्लोबल आईएमई GBIME जस्ता ठुला बैंक र चिलिमे CHCL , बुटवल पावर BPCL जस्ता ठुला कम्पनीहरुको विवरण प्रकाशित भएपछि शेयर बजारमा  हलचल पैदा हुने  आँकलन गरिएको छ ।  बित्तीय विवरणहरु आईसकेपछि  लगानीकर्ताहरु नाफा घाटाको विश्लेषण गर्दै बोनस शेयर दिने, दशै अगाडि नै साधारणसभा गरेर दशै खर्च स्वरुप लांभाश बाड्ने कम्पनीहरुतर्फ केन्द्रित हुने गर्छन । यसपटक लघुवित्तको कारोबार गर्ने कम्पनीहरुको बित्तीय विवरण बढी चासोको रुपमा रहने देखिएको छ ।  
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।