झण्डै ८५ प्रतिशत खराव कर्जा रहेको सो बैंकको ऋण उठाउने काममा ठोस प्रगति भएको छैन् । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक प्रतिबेदनमा बैंकको खराव कर्जा ८४.०५ प्रतिशत रहेको देखाईएको छ जब कि अघिल्लो आर्थिक बर्ष यो ८४.२० थियो । ६६ करोड चुक्तापूँजी रहेको सो बैंकले गत बर्ष १८ करोड ७ लाख नाफा कमाएर प्रति शेयर आम्दानी २७.३६ पुगेको जनाएकोे छ। बैंकको संचित कोष १ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ घाटामा छ ।
बैंक व्यवस्थापन २०६९ पुस १९ देखि राष्ट्र बैंकले सम्हालेदेखि खर्च कटौती हुनका साथै खराब कर्जा असुलीमा जोड दिएको र तरलताको अनुपात बढेर १६ पुगेको जनाईएको छ । । झण्डै २ बर्षको अवधिमा बैंकमा खासै प्रगति नभएकाले बैंक पहिलेकै सवल अबस्थामा फर्किने संभावना कम भएर गएको विश्लेषण गरिएको छ ।
बैंकले बास्तविक सम्पतिको मूल्य अनुसार शेयर पूँजी घटाई समायोजन गर्ने र उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्ज गर्ने वा एक्विजिशनमा जाने नीति लिएको छ ।
उता, काष्ठमण्डप विकास बैंक पनि गत बर्षको चौथो त्रैमासमा घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत बित्तीय प्रतिबेदनका अनुसार बैंकको घाटा प्रतिशेयर ५.६४ रुपैया छ ।
एनबीको पनि नाफा अपेक्षा भन्दा कम
नेपाल बंगलादेश बैंकले गत बर्ष खासै प्रगति गर्न नसकेको उस्को चौथो त्रैमासिक प्रतिबेदनले देखाएको छ । बैंकले गत आर्थिक बर्षमा ७६ करोड २१ लख नाफा गरेर प्रति शेयर आम्दानी ३५ कायम गरेको छ ।
निश्क्रिय कर्जा प्रतिशत १.३५ रहि बैंकले झण्डै ३१ करोड संभावित जोखिम कोषमा राखेको छ । बैंकका संस्थापक एनबी गु्रपलाई राष्ट्र बैंकले कारबाही गरी हटाएर बंगलादेशीहरुले अधिकांश संस्थापक शेयरको स्वामित्व लिए पनि बैंकले उल्लेखनीय प्रगति गर्न सकेको देखिएको छैन । यद्यपी बैंकले गत बर्ष साधारण सभा गरी लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिएको छ ।