समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिँदै, स्वाप रेशियो कति?

Jun 15, 2020 12:20 PM Merolagani

समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्। यी दुई लघुवित्तबीच असार १ गते बिहान ११ बजे गाभ्ने÷गाभिने सम्झौता भएको हो।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ मा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त नेप्सेमा सूचिकृत कम्पनी हो भने काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको घरेलुले हालसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छैन।

यी दुई लघुवित्त १००ः८० शेयर स्वाप रेशियोमा गाभिने प्रारम्भिक सम्झौता भएको समता लघुवित्तका कम्पनी सचिव विश्व श्रेष्ठले जानकारी दिएका छन्।

मर्जर प्रयोजनार्थ समता लघुवित्तको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।