बिक्ला त बाणिज्य बैंकले लिलाममा निकालेको नेपाल ईन्भेष्टमेन्टको शेयर ?

Aug 22, 2014 Tilak Koirala / Notice

राष्टिय बाणिज्य बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंक र नेपाल आवास फाईनान्समा रहेको क्रस होल्डिड. समाप्त गर्न ६४ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाबाट बक्री गर्न सूचना प्रकाशित गरेको छ । बाणिज्य बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकको ६२ लाख २० हजार कित्ता शेयर न्युनतम ५ सय ३० रुपैयामा र नेपाल आवास फाईनान्सको १ लाख ९८ हजार कित्ता शेयर न्युनतम १ सय १ रुपैयामा लिलाम  हुने जनाएको छ । 

 लिलाममा सहभागी हुने कम्पनी, संस्था वा ब्यक्तिले न्युनतम १०० कित्ता वा त्यसभन्दा माथि १० अंकको गुणनमा आबेदन गर्नुपर्ने जनाईएको छ । भाद्र १६ देखि ३० गतेसम्म ईच्छुक संस्था, कम्पनी र ब्यक्तिहरुले लिलाम प्रक्रियामा सहभागी भई राष्ट्रिय बाणिज्य बैंकका शाखाहरु र नविल ईन्भेष्टमेन्ट बेंकिड. लिमिटेडको कार्यालयमा कबुल गरेको शत प्रतिशत रकमसहित शिलबन्दी निवेदन गर्न सक्ने जनाईएको छ । राष्ट्रिय बाणिज्य बैंकले यो शेयर बिक्री गरेपछि उस्को पूँजी कोष बढ्ने अपेक्षा गरिएको छ । 
 
बिक्ला त शेयर ? 
 
 पूँजीँ बजार अस्थिर रहेको बेला बाणिज्य बैंकले यति धेरै संस्थापक शेयर लिलाम गर्ने सूचना जारी गरेकोमा सबै शेयर बिक्री हुने छांट देखिदैन । साधारण शेयर भन्दा संस्थापक शेयर खरिद बिक्रीमा झण्झट रहेको, साधारण शेयर जसरी नेप्सेमा सहज तरिकाले बिक्री गर्न पनि समस्या हुने सर्वसाधारणको बुझाई रहेको पाईन्छ । हुन त राष्ट्रिय बाणिज्य बैंकले यो शेयरलाई दोस्रो बजारमार्फत बिक्री वितरण गर्न सकिने स्पष्ट पारेको छ । अर्को तर्फ शेयर खरिदकर्ताहरु संस्थापक शेयरधनीमा रहने हुँदा उनीहरुले नियमनकारी निकायको निर्देशन अनुसार कालोसूचीमा नपरेकोलगायतका आफ्नो हैसियतबारे स्पष्ट जानकारी दिनुपर्नेछ । राष्ट्रिय बाणिज्य बैंकले नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बीमा संस्थान लगायतका ठूला कम्पनीहरुलाई यो शेयर सिधै बिक्री गर्न नखोजेको हैन, तर उनीहरुले महंगो मूल्यमा यति धेरै शेयर खरिद गर्ने चाहना नगरेपछि बाध्य भएर लिलाम प्रक्रियामा गएको बुझिएको छ । 
 
मूल्य बढी
 
साधारण लगानीकर्ताले दोस्रो बजारमा नेपाल ईन्भेष्टमेन्ट बैंकको साधारण शेयर ९५० रुपैया हाहाराहारीमा पाईरहेकाले संस्थापक शेयर खरिदमा उनीहरुको चासो कम हुने देखिएको छ । सामान्यतयाः साधारण शेयरको तुलनामा संस्थापक शेयरको मूल्य आधा भन्दा कम हुने  गरेको पाईन्छ । लिलामका लागि तोकिएको नेपाल आवास फाईनान्सको शेयर मूल्यलाई ठीकै मान्न सकिए पनि नेपाल ईन्भेष्टमेन्ट बैंकको तोकिएको शेयर मूल्य ५३० रुपैया बढी नै हो । यो लिलामले गर्दा रु. ९५० मा कारोबार भई राखेको साधारण शेयरमा विक्रीकर्ताको थप चाप परी बजार मुल्य घट्ने संभावना पनि त्यतिकै छ । साधारण शेयर झै दोस्रो बजारमा यस शेयरमा लगानी गरेर छोटो समयमा नाफा गर्न खोज्ने नयाँ लगानीकर्ताको लागि चाँही यो शेयरमा त्यति उत्साह नहुन सक्छ । नेपाल आवास फाईनान्सको शेयरको न्युनतम मूल्य  कम तोकिएकाले विक्न सक्ने संभावना छ । 
 
ठूला संस्थालाई अबसर
 
 कुनै ठूला संस्थाले यो शेयर किनेर ईन्भेष्टमेन्ट बैंकमा आफ्नो स्वामित्व बढाउने हो भने यो एउटा अवसर भने हुनसक्छ ।  यति धेरै परिमाणमा संस्थापक शेयर खरिद गर्न चाहने संस्थाहरुले दोस्रो बजार मार्फत शेयर उठाउंन सक्ने अबस्था हुंदैन । तर नेपाल राष्ट्र बैंकले अरु बैंक तथा बित्तीय संस्थामा रहेको बैंक तथा बित्तीय संस्थाको संस्थापक शेयर स्वामित्व (क्रस होल्डिड. ) घटाउने नीति लिएको र  कुनै एक मात्र बैंकको संस्थापक शेयरमा चूक्ता पूँजीको बढीमा १५ प्रतिशत रकम मात्रै लगानी गर्न पाउने र अन्य बैंक तथा बित्तीय संस्थाको शेयरमा दैनिक कारोबारमा १ प्रतिशत मात्रै लगानी गर्न पाउने नयाँ ब्यवस्था गरेको छ । यसबाट ठूला संस्थाले यो शेयर किन्नमा थप बाधा सिर्जना भएको देखिएकोले दोस्रो बजारको उतार चढावले यो शेयर बिक्रीको भविष्य निर्धारण गर्ने देखिन्छ । भदौ भित्र नेप्सेले छलाड. मार्यो भने मात्र राष्ट्रिय बाणिज्य बैंकको योजना पुरा हुने आंकलन गर्न सकिन्छ ।
 
 
 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।