मेटियो किष्टको नाम, प्रभु बैंकबाट एकीकृत कारोबार सुरु

Sep 15, 2014 Mero Lagani

केही बर्ष अघि फाईनान्स कम्पनीबाट बाणिज्य बैंकमा स्तर उन्नति भएर धितोपत्र बजारमा निकै तहल्का मच्चाएको किष्ट बैंकको नाम अब सधैका लागि मेटिएको छ ।

 खराब कर्जाले संकटग्रस्त बनेर थलिएको किष्ट प्रभु विकास बैंकसंग मर्ज भएर सामेबारदेखि प्रभु बैंकको नाममा एकीकृत कारोबार थालेपछि सधैका लागि किष्टको नाम मेटिएको हो ।
 
किष्टका प्रबन्ध संचालक कमल ज्ञवाली बैंकिङ कसुर लागेर बाहिरिएपछि बैंकको अबस्था झन् विग्रिएको थियो । प्रभु समूहसंग किष्टसँगै जेनिथ फाईनान्स र गौरीशंकर विकास बैंक मर्ज भएर प्रभु बैंक बनेको हो ।
 
प्रभुको मुख्य कार्यालय यसअघि किष्ट बैंकको मुख्य कार्यालय रहेको विजुलीबजारस्थित भवनमा रहेको छ ।  मर्जपछि प्रभुको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख पुगेको छ । मर्जको क्रममा किष्टको ९७.३१, प्रभुको १०७.३१ गौरी शंकरको १०७.३१ र जेनिथको ९२.३१ शेयर मूल्य कायम गरिएको थियो ।  मर्जपछि बैंकको शाखा संख्या १ सय १२ पुगेको छ । 
 
 
comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।