सांग्रिला बिकास बैंकले पूँजी बढाएर फेरि मर्जमा जाने

Sep 21, 2014 Mero Lagani

बागेश्वरी विकास बैंकसंग मर्ज भएर बनेको सांग्रिला बिकास बैंकले आफ्नो पूँजी ६४ करोडबाट ८० करोड पुर्याउन हकप्रद शेयर जारी गर्ने भएको छ । 

बैंकले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित असोज १० गते काठमाडौको बालुवाटारमा विशेष साधारणसभा बोलाएको छ । साधारणसभामा उपयुक्त वित्तीय संस्थासंग फेरि मर्जमा जाने, एक्विजिशन गर्ने र स्वदेशी वा विदेशी रणनीतिक साझेदार भित्र्याउने बारेमा पनि निर्णय गरिने भएको छ । त्यसैगरी संस्थापक समूहका ४ र सर्वसाधारण समूहका २ संचालकको निर्वाचन पनि गरिने छ । 
comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।