सानिमा जनरल इन्स्योरेन्सको आईपीओ रिजल्ट मेरोलगानीमा, यसरी हेर्नुहोस्

Oct 16, 2020 11:53 AM Merolagani

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५ लाख २९ हजार २४० कित्ता आइपीओ शेयर खरिदको लागि आवेदन परेको थियाे। जसमध्येमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन दिने कुल ८ लाख ६३ हजार ५८५ आवेदकमध्ये २ लाख ७३ हजार जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् भने ५ लाख ९० हजार ५८५ जनाकाे हात खाली भएकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। इन्स्योरेन्सले निष्काशन गरेको कुल शेयरमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओको रिजल्ट यसरी हेर्नुहोस्

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शीर्षक भित्र रहेको आईपिओ रिजल्ट(IPO RESULT) मा जानुहोस्।

त्यसपछि, आईपीओको नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी सानिमा जनरल इन्स्योरेन्स छनौट गरि हितग्राही खाता नम्बर (DMAT NO.) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।