सन् २०१८ मा श्वार्ट्ज सेन्टर फर इकोनोमिक पोलिसी एनालाइसीसद्वारा गरिएको एक अध्ययनले यो निष्कर्ष निकालेको छ कि अमेरिकी मध्यम वर्गको ४० प्रतिशत गरिब हुनुका साथै उनीहरु आफ्नो सेवा निवृत्तिमा प्रवेश गर्छन्। भोलिका गरिबहरुसँग आज जागिर छ तर भोलिको लागि कुनै सेवा निवृत्ति छैन।
रिटायर रिच
सन् १९७४ मा, लेखकको उद्देश्य वार्षिक १ लाख २० हजार डलर निष्क्रिय आम्दानी आर्जन गर्नु थियो। त्यसपछि उनी ‘जवानीमा नै रिटार’ हुन सक्थे।
सन् १९९४ मा, किम र लेखक सो लक्ष्यमा पुगे। किम ३७ वर्षका थिए भने लेखक ४७ का। फेरी, यसका लागि लेखकलाई २० वर्ष लाग्यो। किमका लागि मात्र १० वर्ष लाग्यो।
एक पटक उनीहरुले सो लक्ष्य प्राप्त गरिसकेपछि अर्को लक्ष्य वार्षिक १.२ मिलियन डलर थियो। त्यो लक्ष्य प्राप्त भइसकेपछि अर्को लक्ष्य १२ मिलियन प्रतिवर्ष बन्यो। यो व्यक्तिगत चुनौति थियो। पहिला जवानीमै रिटायर हुने, त्यसपछि धनी भइ रिटायर हुनु। गणित गाह्रो छैन। पहिलो, मासिक १० हजार डलर, त्यसपछि १ लाख डलर, त्यसपछि १० लाख प्रतिमहिना।
क्वाडरेन्टको ‘बि’ र ‘आई’ साइडमा पैसा कमाउनु एक खेल मात्र हो। सबैभन्दा महत्वपूर्ण प्रश्न यो हो किः के तपाई आफ्नो खेलको बारेमा भावुक हुनुहुन्छ? भगवानले के गर्न चाहनुहुन्छ, गर्नुहुन्छ। भगवान के गर्न चाहनुहुन्छ? वित्तीय स्वर्गमा धेरै ढोकाहरु छन्। त्यस्तै, वित्तीय नरकमा पनि धेरै ढोकाहरु छन्।
हामी सबैलाई थाहा छ, ‘बि’ र ‘आई’ क्वाडरेन्टका धेरै व्यवसायीहरु सफलता प्राप्त गर्नुभन्दा पहिले नरकबाट गुजरेका हुन्छन्। धेरै व्यक्तिहरुले आर्थिक नर्कको ढोका लिन्छन् र उनीहरु कहिल्यै फर्किदैनन्। हाम्रो शिक्षा प्रणाली आत्मा बिनाको प्रणाली हो। पैसाको प्रयोग सबैले गर्छन्। जहिले पनि। पैसालाइ स्कुलमा किन नपढाउनु? सबै वित्तीय योजनाकारहरु सामान्यतया त्यस्तै प्रडक्टहरु बिक्री गरिरहेका छन्ः स्टक, बण्ड, म्युचुअल फण्ड, ईडिएफ, सेभिङ्ग र बीमा।
खेलको नाम
चमत्कारहरु हुँदैनन् किनभने वित्तीय योजना बनाउने कम्पनीहरुले खेलिरहेको खेलको नाम ‘हाम्रा ग्राहकलाई धनी बनाऔँ’ होइन। त्यो खेलको नाम ‘एसेट्स अन्डर म्यानेजमेन्ट’ हो।
रिच ड्याडको योजना
रिच ड्याडले उनको छोरा र लेखकलाई सिकाए कि त्यहाँ चार आधारभूत सम्पत्ती वर्गहरु छन्। त्यो होः व्यवसाय, रियल स्टेट, कागजी सम्पत्ती (स्टक, बण्ड, म्युचुअल फण्ड, सेभिङ्ग) र कमोडिटी (सुन, चाँदी, तेल, खाना, पानी)। धेरै वित्तीय योजनाकारहरु कमिशनको लागि कागजी सम्पत्ती र बीमा बेचिरहेका छन्।
तपाईलाई जे मन पर्छ त्यसमा लगानी गर्नुहोस्। कागजी सम्पत्तीहरु औषत लगानीकर्ता जोसँग धेरै वित्तीय शिक्षा छैन, उनीहरुको लागि सबैभन्दा राम्रो हो। सबै कागजी सम्पत्तीहरु डेरिभेटिभको रुप हो। तिनीहरु वास्तविक सम्पत्ती होइन। तिनीहरु फेक एसेट्स हुन्।
व्यवसाय र रियल स्टेट
व्यवसाय र रियल स्टेटको समस्या भनेको यिनीहरु तरल छैन। यदि तपाईले गल्ती गर्नुभयो भने, तपाई टाइटानिकको कप्तान बन्नुहुन्छ।
रियल स्टेटमा लगानी गर्न लेखक पहिला त्यससम्बन्धि कोर्ष गर्न सुझाउँछन्, त्यसपछि, सानोबाट शुरु गर्नुहोस्, उच्च वर्गको शिक्षकहरुलाई फलो गर्नुहोस्, र अभ्यास गर्नुस्, अभ्यास, अभ्यास। धेरै सम्पत्तीको लागि म्याकडोनाल्डसलाई फलो गर्नुस्। म्याकडोनल्डस कुन व्यवसायमा छन्? ह्यामबर्गर होइन, उसको व्यवसाय रियल स्टेट हो। म्याकडोनल्डको फर्मुला यस्तो देखिन्छः
शब्दको शक्ति
यदि कुनै मानिस धनी बन्न चाहन्छ भने, उनीहरुले आफ्नो सोच र बोलीमा प्रयोग हुने शब्दमा नियन्त्रण गर्न सिक्नुपर्छ। अधिकांश मानिसहरु उनीहरुले जे सोच्छन् र बोल्छन्, त्यसले नै उनीहरुलाई गरिब बनाउँछ र बनाइराख्छ।
गरिब भन्छन्, ‘म किन्न गर्न सक्दिन।’ धनी भन्छ, ‘म कसरी किन्न सक्छु?’
गरिब भन्छन्, ‘मलाई पैसामा कुनै चासो छैन।’ धनी भन्छन्, ‘यदि तिमीलाई पैसामा चासो छैन भने पैसालाई पनि तपाईमा कुनै चासो हुँदैन।’
गरिब भन्छन्, ‘म कहिल्यै पनि धनी हुन सक्दिन।’ धनी भन्छन्, ‘म धनी बन्नुपर्छ।’
सम्पत्ती भर्सेस दायित्व
रिच ड्याडको सम्पत्तीको परिभाषाः ‘सम्पत्तीले तपाईको खल्तीमा पैसा हाल्छ।’ त्यसैगरी, रिच ड्याडको दायित्वको परिभाषाः ‘दायित्वले तपाईको खल्तीबाट पैसा झिक्छ।’
एउटा घर सम्पत्ती पनि हुन सक्छ, दायित्व पनि हुन सक्छ। यो सबै कुन दिशामा क्यासफ्लो हुन्छ, त्यसमा निर्भर हुन्छ।
फेक एसेट्स वास्तविक दायित्व हुन्
करोडौँ मानिसहरु फेक एसेट्समा लगानी गर्छन्। एक ४०१ (के) एक फेक एसेट्स हो किनभने त्यसले वर्षौँसम्म तपाईको खल्तीबाट पैसा निकालिरहन्छ। एक व्यक्तिगत रिटायरमेन्ट खाता पनि एक फेक एसेट्स हो किनभने यसले पनि तपाईको खल्तीबाट पैसा निकालिरहन्छ।
सरकारको पेन्सन एक फेक एसेट् हो किनभने त्यसले तपाईको खल्तीबाट पैसा निकालिरहन्छ। म्युचुअल फण्ड एक फेक एसेट् हो। त्यस्तै, स्टक, बण्ड, इटिएफहरु र सेभिङ्ग पनि। यी सबै डेरिभेटिभ हुन्। म्युचुअल फण्डहरु फिहरुले भरिएका हुन्छन्, फि ले धनीलाई अझ धनी बनाउँछ र तपाईलाई गरिब।
भित्रकाहरुलाई थाहा छ, म्युचुअल फण्ड लगानीकर्ताहरुले शतप्रतिशत पैसा लगानी गर्छन्, शतप्रतिशत नै जोखिम लिन्छन् तरपनि २० प्रतिशतभन्दा कम नाफा कमाउछन्।
अध्याय १५ः मेरो पैसा कसले लियोः कसरी, रिटायरमेन्ट, पेन्सन र फेक एसेटहरुले गरिब र मध्यम वर्गीयलाई गरिब बनाइरहेका हुन्छन्?
सन् २००८ देखि, विश्व अर्थतन्त्रलाई जोगाउन ४ ठूला सेन्ट्रल बैंकहरुले ९ त्रिलियन डलर छापे। त्यो सबै पैसा कहाँ गयो? त्यो पैसा कसले पायो? तपाईले पाउनु भयो? र किन धेरै पेन्सन योजनाहरु असफल हुन्छन्?
विश्व अर्थतन्त्रलाई त्रास
- बढ्दो ब्याजदर
- चीन
- बलियो युएस डलर
- पेन्सन
गरिब र मध्यम वर्गले गुमाउनुका ५ कारण
कारण १ः जुवाडेहरु क्यासिनो चलाउछन्
सन् १९५० र ६० को दशकमा, जुवाडेहरु मात्र स्टक मार्केटमा लगानी गर्थे। त्यतीखेर वित्तीय सल्लाहकारका लागि शेयरहरुको सिफारिस गर्न अनैतिक मानिन्थ्यो।
सन् दशकमा, लेखकका पोर ड्याड र रिच ड्याड बचतकर्ता थिए। स्टक मार्केटमा लगानी गर्नुभन्दा पैसा जम्मा गर्नु बढी सुरक्षित थियो किनभने सन् १९४४ को ब्रीटन उड्स सम्झौतापछि, युएस डलरलाई सुनले टेवा दियो। युएस डलर विश्वको रिजर्भ मुद्रा बन्यो, अर्थात ‘सुनजस्तो राम्रो’।
सन् १९७१मा, निक्सनले सुनको मापदण्डमा अन्तिम कील राख। डलर र सरकारी पैसा सबै ऋण बने। जुवाडेहरुले सरकारी क्यासिनोहरु कब्जा गरे। ऋणीहरु विजेता भए र बचतकर्ताहरु हारे।
ऋणलाई सम्पत्ती प्राप्त गर्न प्रयोग गर्नुहोस्। पैसा छाप्नुले काम गर्ने गरिब तथा मध्यम वर्गीयहरुलाई गरिब बनाउँछ किनभने फेक पैसाले मुद्रास्फिती बढाउँछ र मुद्रस्फितीले जीवन महँगो बनाउँछ।
हाउस अफ कार्ड कोल्याप्स
१९९८ मा, विश्वव्यापी केन्द्रिय बैंक र संयुक्त राज्य अमेरिकाको सरकारले आफ्ना साथीहरुलाई बचाउनका लागि करिब ९ त्रिलियन डलर पैसा छाप्यो।
सन् २०१८ मा, विश्व पुन अर्को ठूलो बबलमा पर्यो। स्टक, बण्ड र रियल स्टेटबाट जुवाडेहरुले करोडौँ कमाए र धनी बने।
१९७१ र २०१८ को बीचमा, जुवाडेहरु नै विजेता थिए। गरिब तथा मध्यम वर्गीय श्रमिकहरु जो फेक मनि कमाउन कडा मेहेनत गर्छन्, फेक मनि बचाउँछन् र त्यही पैसा हाम्रो सबैभन्दा राम्रो विजनेश स्कुलमा अध्ययन गरेका फेक फण्ड म्यानेजरहरुद्वारा सञ्चालित फेक सम्पत्तीमा लगानी गरेका थिए, उनीहरु सबैभन्दा ठूला लुजर बने।
३ ठूला बबलः
बबल नम्बर १ः १९९८ः थाइल्याण्ड बस्ट, १९९९ः लङ्ग टर्म क्यापिटल म्यानेजमेन्ट बस्ट, २०००ः डट कम बस्ट
बबल नम्बर २ः २००८ः रियल स्टेट डेरिभेटिभ बस्ट
बबल नम्बर ३ः बबल टप वर्ष?
लेखक शंका गर्छन्, २०१९ देखि २०२५ सम्ममा जति पनि नयाँ जुवाडेहरु जो अहिले धनी छन्, उनीहरु भोलि सबैभन्दा ठूला हारेका व्यक्ति हुन सक्छन्। त्यसोभए के यो जुवाडेहरुको सुनौलो युगको अन्त्य हुँदैछ?
उनको भनाइ अनुसार, जुवाः कुनै चिजको लागि केही नपाउने निश्चित तरिका।