शिखर इन्स्योरेन्सको कम्पनी विश्लेषण

Jan 02, 2021 07:42 PM Merolagani

सन् २०२० मा नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स (SICL) दोस्रो स्थानमा छ। गत वर्ष यस कम्पनीको शेयरमूल्य १४७.७३ प्रतिशत बढेको छ।

गत साताको अन्तिम कारोबार दिन अर्थात पुस १६ गते बिहीबार कम्पनीको शेयरमूल्य ०.२४ प्रतिशत अर्थात ४ रुपैयाँ घटेर १६९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा १९५० मा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, इन्स्योरेन्सको शेयरमूल्य आगामी साता ओरालो लागेमा १६०० मा टेवा पाउने देखिन्छ।

यस साता इन्स्योरेन्सको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिएको छ। यसले बजारमा शेयर खरिदचाप कम हुँदै गएको संकेत गर्दछ। आगामी साता ५ दिने इएमएले २० दिने इएमएलाई काटेर तल झरेमा डेड क्रस बन्नेछ जसले इन्स्योरेन्सको शेयरमूल्य घट्ने संकेत गर्दछ। तर, क्रस नभई यी दुई बीचको दूरी बढ्दै गएमा भने बजारमा खरिद चाप बढेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयरमूल्य जस्तै यस साता भोल्यूम पनि घटेको छ। यस साता यस इन्स्योरेन्सको दैनिक औषतमा ३५ हजार ४७ कित्ता मात्र कारोबार भएको छ। जुन गत साताको तुलनामा ४६.०९ प्रतिशत कम हो। इन्स्योरेन्सको पछिल्लो २० दिनेको औषत भोल्यूम ६५ हजार १५ कित्ता छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ लाख ८७ हजार रुपैयाँ बढी हो। १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८९ करोड ७४ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ११ करोड ८४ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५९ पैसा रहेको छ। त्यसैगरी, इन्सयोरेन्सको मूल्य आम्दानी अनुपात ४७.६५ गुणा छ भने बुकभ्यालु १६५ रुपैयाँ ३० पैसा छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको १४ दिने आरएसआई ५०.९९ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले इन्स्योरेन्सको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

नेप्सेमा १ करोड ३७ लाख ४५ हजार ३८ कित्ता शेयर सूचीकृत रहेको यस इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य १ हजार ८६६ रुपैयाँ छ भने न्यून मूल्य ७७० रुपैयाँ छ। त्यसैगरी, नेप्सेको १८० दिनेको औषत शेयरमूल्य १ हजार ३८० रुपैयाँ १० पैसा रहेको छ। बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा इन्स्योरेन्सको कुल बजार पूँजीकरण २३ अर्ब ३१ करोड १५ लाख ८४ हजार ४४८ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।