मंगलबार सुनचाँदीको भाउमा थप बढोत्तरी, प्रतितोला कति?

Jan 05, 2021 12:16 PM Merolagani

पुस २१ गते, मंगलबार सुनचाँदीको भाउ थप बढेको छ। यस दिन सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। सो दिन सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ। यस अघिको दिनमा चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।