'३० कित्ता शेयर राख्नु न फाल्नु', शेयर बेच्नकै लागि नातिलाई काठमाण्डाै पठाइन मानकुमारीले

Jan 14, 2021 11:48 AM Merolagani

रबिन पाैडेल

वि.सं २०६५ सालमा किनिएको कृषि विकास बैंककाे ३० कित्ता शेयर अहिले अहिले टोक्नु न बोक्नु भएको छ। शेयर बजारको बारेमा राम्रो ज्ञान नहुदा आफैसँग भएको शेयर प्रमाणपत्र राख्नु न फाल्नुको अवस्था आएको हाे। 

सिन्धुलीकी मान कुमारी बस्नेतले १२ वर्ष अघि कृषि विकास बैंकको ३० कित्ता शेयर खरिद गरेकी थिइन्। २०६५ सालमा किनिएको ३० कित्ता शेयर बैंकले दिएको बोनस थपिएर ५२ कित्ता भएको छ तर त्यो शेयर कसरी अभौतिकीकरण गर्ने र बेच्ने थाहा छैन्।

शेयर खरिद गरेको प्रमाणपत्र दराजमा छ तर दराजमा भएको प्रमाणपत्रलाई कसरी हितग्राही खातामा ल्याउने र बेच्ने उनलाई अत्तो पत्तो छैन्। शेयर अभौतिकिकरण नगरी बेच्न नपाइने भएपछि ३० कित्ता शेयरको प्रमाणपत्र केबल एक कागज बनेको छ उनलाई।

कृषि विकास बैंकले २०६५ सालमा सर्वसाधारणमा आइपीओ बिक्री गरेर पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो। सोही बेला उनले पनि ३० कित्ता शेयर खरिदको लागि आवेदन दिएकी थिइन। आइपीओ पर्यो भनेर सूचना पाए पनि अब उक्त आइपीओमा परेको शेयर कसरी बेच्ने भन्ने ज्ञान उनमा थिएन।

विगत १२ वर्षदेखि दराजमा थन्किएको प्रमाणपत्र २०७७ सालमा बेच्नको लागि पुनः दराजबाट निकालियो। तर प्रमाणपत्र नै बेच्न त सकिदैन। २०७१ पश्चात धितोपत्र बोर्डले गरेको अनिवार्य हितग्राही खाताको प्राबधानले उक्त शेयरलाई अभौतिकीकरण गर्नु पर्ने आवश्यकता पर्यो। सामान्य मान्छेलाई शेयर अभौतिकिकरण गर्नु त्यति सहज छैन्। उनले अभौतिकिकरणको लागि आफ्नै नाती बिक्रम बस्नेतको सहायता लिइन र कृषि विकास बैंकको सिन्धुली शाखामा पुगिन्।

कृषि विकास बैंकको सिन्धुली शाखाले उनको हितग्राही खाता खोलिदियो र एक पत्र दिदै बैंकको प्रधान कार्यलय र शेयर रजिस्ट्रार एनआइविएल एस क्यापिटल जान भन्यो। बैंकको प्रधान कार्यलय काठमाडाैंमा छ र एनआइविएल एस क्यापिटलको कार्यलय पनि यहि मात्र छ।

३० कित्ता शेयर बेच्नकै लागि काठमाडाैंमा आउनुपर्ने बाध्यता पर्ने भयाे तर उनी आउन नसक्ने अवस्था रहेकाेले आफ्नाे नातीलाइ प्रमाणपत्र सहित काठमाडाैं पठाइन्।   बस्नेतले उक्त शेयरको प्रमाणपत्र लिएर एनआइविएल एस क्यापिटलमा सम्पर्क गरे । त्यहाँबाट उनलाई बैंकले पछिल्लो पाँच वर्षमा दिएको ८ कित्ता, ४ कित्ता, ९ कित्ता र २ कित्ता शेयरको थप चारवटा प्रमाणपत्र थपिदियो। पाँच वर्षअघिकाे लाभांश भने कम्पनीले लगानीकर्ता संरक्षण काेषमा पठाइसकेकाे हुन्छ। 

बैंकले वितरण गरेकाे बाेनसकाे ४ वटा प्रमाणपत्र सहित ५ वटा शेयरको प्रमाणपत्र बोकेर उनी कृषि विकास बैंककाे प्रधान कार्यालय पुगे। बैंकले उक्त प्रमाणापत्रकाे इन्ट्रि गरेर पुनः एनआइविएल एस क्यापिटलको कार्यालयमा पठायाे। त्यहाँ उक्त प्रमाणपत्र बुझाएपछि बल्ल शेयर अभौतिकिकरणको लागि प्रकृया अघि बढ्यो।

शेयर अभौतिकिकरण त भयो तर अझै पनि शेयर बेच्न ब्रोकर खाता खोल्नु पर्ने हुन्छ। उपत्यका बाहिर सबै ठाँउमा ब्रोकर कार्यलय छैन। यसले गर्दा उनलाई उक्त शेयर बेचेर पैसा निकाल्न अझै सहज छैन्।

डिम्याट खाता खोल्दा के हुन्छ भन्ने धेरैलाई थाहा छैन्। डिम्याट खोलेर शेयर अभैतिकिकरण गर्न झन्झट त छ नै त्यसमा सामान्य खर्च समेत हुन्छ। यसले गर्दा उपत्यका बाहिरका धेरैको शेयरको प्रमाणपत्र अझै पनि दराजमा नै थन्किएर बसेको छ।

यो त एउटा उदाहारण मात्रै हो। उपत्यका बाहिरका धेरैको अवस्था यस्तै छ। शेयर बजारको ज्ञान नहुँदा बषाैदेखिको शेयर प्रमाणपत्र थन्किएर बसेको छ भने कम्पनीले पाँच वर्ष अगाडिसम्म वितरण गरेको लाभांश लगानीकर्ता संरक्षण कोषमा गएर थुप्रिने गरेको छ। 

हुन त कम्पनीहरुले भौतिक रुपमा शेयर धारण गरिरहेका शेयरधनीहरुलाई हितग्राही खाता खोलेर शेयर अभौतिकिकरण गराउन आग्रह गर्दै आएका छन्। कतिपयले कम्पनीले निकालेको उक्त सूचना थाहा नै पाउदैनन् भने कतिपयले त्यसमा खासै चासो दिँदैनन्। यसै कारण धेरै शेयरका प्रमाणपत्र अझै घरको दराजको कुनामा नै थुप्रिने  गरेका छन्।

  • कसरी गर्ने त शेयर अभौतिकीकरण?

आफुसँग भौतिक रुपमा रहेको शेयर अभौतिकिकरण गर्नको लागि सबैभन्दा पहिले हितग्राही खाता खोल्नुपर्ने हुन्छ। त्यसको लागि आफ्नो नागरिताको प्रतिलिपि र फोटो लिएर निक्षेप सदस्यकोमा जानुपर्छ र हितग्राही खाता खोल्नुपर्छ।

खाता खोलिसकेपछि शेयर डिम्याट सम्बन्धी फारम भर्नुपर्छ र शेयर प्रमाणपत्र र डिम्याट फारम बुझाउनुपर्छ। सो पश्चात निक्षेप सदस्यले डिम्याट रिक्वेष्ट नम्बर (डीआरएन) बनाउँछ । त्यो नम्बर र शेयर प्रमाणपत्रसहित कम्पनीको शेयर रजिष्ट्रार कार्यलयमा अभौतिकिकरणको लागि पठाइन्छ। सो पश्चात शेयर रजिष्ट्रारले शेयरको अभौतिकिकरण प्रकृया सुरु गर्छ र प्रकृया सकिएपछि हितग्राही खातामा शेयर आँउछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।