कामना सेवाको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

Feb 04, 2021 08:33 AM Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले आज (माघ २२ गते) देखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागेको हो। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बैंकले बिक्रीमा ल्याउन लागेको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्र खरिदको लागि आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था छ।

बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपालले केयर आइआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।