विद्युत बिक्री आम्दानीसँगै सानिमा माइ हाइड्रोपावरको नाफामा सुधार

Feb 04, 2021 12:29 PM Merolagani

सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार भएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार भएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ५२ करोड ७६ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २१ पैसा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५९ करोड ९ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।