२४ घण्टामा ३०२३ पीसीआर परीक्षणमध्ये ८१ जनामा कोभिड १९ पुष्टि, मृत्यु हुने पाँच जना

Feb 12, 2021 04:58 PM Merolagani

२४ घण्टामा नेपालमा भएको तीन हजार २३ पीसीआर परीक्षणमध्ये ८१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ पुष्टि हुनेको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

बिहीबार थपिएका काठमाडौं उपत्यकाका ३३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार आज कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १११ रहेको छ । हालसम्म कुल दुई लाख ६८ हजार ६६० जना संक्रमणमुक्त भइसकेका छन् ।

एक दिनमा मृत्यु हुने पाँच जना संक्रमित छन् भने दुई हजार ५२ जनाको निधन भइसकेको छ । हाल देशमा संस्थागत आइसोलेसनमा ९२५ जना, क्वारेन्टिनमा ८७ जना र सक्रिय संक्रमित एक हजार ७१८ जना छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।