वैदेशिक लगानी रहेका नेपाली बैंकहरुको अवस्था कस्तो छ?

Feb 22, 2021 08:45 AM Merolagani

रबिन पाैडेल

वैदेशिक लगानी रहेका बैंकहरुमा नविल बैंक सबैभन्दा अब्बल देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विदेशी लगानी रहेका वाणिज्य बैंकहरुमध्ये नविल बैंकको प्रगति सबैभन्दा राम्रो देखिएको हो।

२७ वटा वाणिज्य बैंहरुमध्ये ७ वटा वाणिज्य बैंकमा वैदेशिक लगानी रहेको छ। बाँकी २० बैंकमध्ये ३ वटा सरकारी बैंक रहेका छन् भने बाँकी १७ वटा बैंकमा निजी क्षेत्रको लगानी रहेको छ। एनएमबि बैंक,नेपाल एसविआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल बंलादेश बैंक र नविल बैंकमा स्वदेशी साथै वैदेशिक लगानी रहेको छ। वैदेशिक लगानी रहेका बैंकहरुले पछिल्लो समय गरेको प्रगतिलाई हेर्दा नविल बैंक सबैभन्दा अगाडि देखिएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नविल बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन वैदेशिक लगानी रहेका बैंकहरुमध्येको सबैभन्दा धेरै हो। यस अवधिमा एनएमबि बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९६ करोड १९ लाख रुपैयाँ, नेपाल बंलादेश बैंकले ९४ करोड १२ लाख रुपैया, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७२ करोड ७६ लाख रुपैयाँ, हिमालयन बैंकले ६५ करोड ३२ लाख रुपैयाँ र एसविआई बैंकले ५१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यस अवधिमा नविल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने एनएमबि बैंकको १ अर्ब ५० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७२ करोड ७६ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६७ करोड ५६ लाख रुपैयाँ, नेपाल बंलादेश बैंकको ४६ करोड ७ लाख रुपैयाँ, हिमालयन बैंकको ३९ करोड १३ लाख रुपैयाँ, नेपाल एसविआई बैंकको १४ करोड ११ लाख रुपैयाँ रहेको छ।

सात बैंकमध्ये एनएमबि बैंकको खराब कर्जा सबैभन्दा धेरै २.३८ प्रतिशत रहेको छ भने नेपाल बंलादेशको २.३७ प्रतिशत, हिमालयन बैंकको २.१३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५४ प्रतिशत, नविल बैंकको ०.६० प्रतिशत, एभरेष्ट र नेपाल एसविआई बेंकको १९ प्रतिशत रहेको छ।

यी बैंकमध्ये नविल बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २९ रुपैयाँ ९० पैसा रहेको छ भने एभरेष्ट बैंकको २१ रुपैयाँ ५२ पैसा, नेपाल बंलादेश बैंकको २० रुपैयाँ ९० पैसा, एनएमबि बैंकको १९ रुपैयाँ ७६ पैसा, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६ रुपैयाँ ९६ पैसा, हिमालयन बैंकको १२ रुपैयाँ २२ पैसा र नेपाल एसविआई बैंकको ११ रुपैयाँ ४८ पैसा रहेको छ।

सात वटा वाणिज्य बैंकहरुमध्ये नेपाल बंलादेश बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम १५.६० गुणा रहेको छ भने एनएमबि बैंकको २३.९४ गुणा, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८.०३ गुणा, एभरेष्ट बैंकको ३८.७१ गुणा, नेपाल एसविआई बैंकको ३९.६३ गुणा, नविल बैंकको ४५.५५ गुणा र हिमालयन बेंकको ४६.४८ गुणा रहेको छ।

नविल बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै १३.९६ प्रतिशत रहेको छ भने एनएमबि बैंकको १३.९२ प्रतिशत, नेपाल बंलादेश बैंकको १३.३८ प्रतिशत, एभरेष्ट बैंकको ९.८६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.३० प्रतिशत, हिमालयन बैंकको ७.३८ प्रतिशत र नेपाल एसविआई बैंकको ६.८४ प्रतिशत रहेको छ।

 

हेरौँ विगतका वर्षमा बैंकहरुको प्रगति?

  • खुद नाफा

खुद नाफामा सुरुवातदेखि नै नविल बैंकले पहिलो स्थान बनाउदै आएको छ। आर्थिक वर्ष २०६८/६९ मा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०६८/६९ मा १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको एभरेष्ट बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी हिमालयन विगत ८ वर्षमा खुद नाफा १ अर्ब ५ करोड रुपैयाँबाट बढाएर २ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १६ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ।

आर्थिक वर्ष २०६८/६९ मा ४७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको नेपाल एसविआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५३ करोड नाफा कमाएको छ भने यस अवधिमा एनएमबि बैंकको नाफा ५ करोड ५४ लाख रुपैयाँबाट बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने नेपाल बंगलादेश बैंकको नाफा ७० करोड २९ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्तमा कोरोनाले परेको असरका कारण सबै बैंकको नाफा केहि घटेको छ।

 

  • प्रतिशेयर आम्दानी

बैंकहरुले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा उनीहरुको प्रतिशेयर आम्दानी भने घटेको देखिएको छ। आर्थिक वर्ष २०६८/६९ मा ८४ रुपैयाँ ६४ पैसा रहेको नविल बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा ३५ रुपैयाँ ३२ पैसामा झरेको छ। तर यस अवधिमा एनएमबि बैंकको प्रतिशेयर आम्दानी भने २ रुपैयाँ ७७ पैसाबाट बढेर १६ रुपैयाँ २७ पैसा पुगेको छ।

  • रिटर्न अन इक्वीटि

गत आर्थिक वर्षको अन्त्यसम्ममा हिमालयन बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै १४.४९ प्रतिशत रहेको छ भने नेपाल बंलादेश बैंकको सबैभन्दा कम ९.५ प्रतिशत छ। पछिल्ला वर्षहरुमा बैंकहरुको रिटर्न अन इक्वीटि पनि लगातार घट्दो क्रममा देखिएको छ।

 

  • खराब कर्जा

गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल बंलादेश बैंकको खराब कर्जा सबैभन्दा धेरै २.८९ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकको सबैभन्दा कम ०.२२ प्रतिशत रहेको छ। यस अवधिमा एनएमबि र हिमालयन बैंकको पनि खराब कर्जा क्रमशः २.६८ प्रतिशत र १.०१ प्रतिशत छ। अन्यको भने खराब कर्जा १ प्रतिशतभन्दा तल छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।