लघुवित्तले बोनस दिन्छन् र घाटा खानु पर्दैन भन्ने लगानीकर्तामा आत्मविश्वास छ

Feb 22, 2021 06:09 PM Merolagani

बसन्तराज लम्साल
नेपाल राष्ट्र बैंकले भरखर्रै मात्र मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेको छ । राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा बाहिर हल्ला गरेजस्तो शेयर बजारलाई असर गर्ने खालको नीति आएन ।

बजारमा मौद्रिक नीति यस्तो वा उस्तो आउछ भनेर जुन हल्ला गरिएको थियो, त्यस्तो खालको मौद्रिक नीति आएन । त्यसकारण मौद्रिक नीतिको बारेमा मेरो केही भन्नु छैन् ।

नेपाल लघुवित्त बैंकर्स संघले यस्तो वा त्यस्तो मौद्रिक नीति ल्याउनु पर्छ भनेर सुझाव पनि दिएकाे थियाे । खासगरी, सहुलियतपूर्ण कर्जा, चुक्ता पुँजी बढाउनका लागि मर्जर वा एक्विजिसनका अलाबा हकप्रद शेयर जारी गर्न पाउने व्यवस्थालगायतका सुझाव दिएका थियाैं । मौद्रिक नीतिले बजारलाई प्रभाव पार्ने काम गरेन ।

अहिले बजार सामान्य देखिन्छ । तर ऋणीहरु पुरानो किस्ता तिर्न अझै पनि अफ्ठ्याराेमा देखिन्छन् । बैंकिङ प्राणालीमा थुप्रिएर बसेको पैसा लगानी गर्न अझै पनि चुनौति देखिन्छ ।

राष्ट्र बैंकले किस्ता तिर्ने समय बढाइएको छ । तर पनि किस्ता र ब्याज तिर्न अलि अफ्ठ्याराे देखिन्छ ।
लघुवित्तहरु घटने क्रममा छन् । पुससम्म ७६ थिए । त्यसपछि पनि २/३ वटा घटिसकेका छन् । कतिपय लघुवित्तहरु अहिले पनि मर्जरको प्रक्रियामा छन् । कति सफल हुने हुन्, कति नहोलान । तर यो वर्षको अन्तिमसम्म ६० को हाराहारीमा आउन सक्ने संकेत देखिएको छ ।

मर्जरमा जान पनि त्यति धेरै समस्या छैन् । मर्जरमा जानका लागि त्यतिधेरै सुविधा दिइएको पनि छैन् । मर्जरमा जाँदा त्यतिधेरै उपलब्धि हुन्छ भन्ने पनि छैन् । तर सामान्यतया धेरै संस्थाहरु मर्जरमा जान खोजिरहेका छन् ।

साना संस्था चल्न सक्ने सम्भावना पनि देखिएको छैन् । त्यसैले मर्जरमा जाने प्रक्रियामा पनि ती संस्था छन् । एक पटक सबै लघुवित्त मर्जरमा जाने पनि होइन् । यो आर्थिक वर्षको अन्त्यसम्म ६० वटामा झरे भने ठूलो उपलब्धि मान्नु पर्छ ।

राष्ट्र बैंकको नीति पनि २५/३० वटामा झार्ने भन्ने छ । अलिकति सहुलियत (इन्सेन्टिभ) दिएको खण्डमा अबको २/३ वर्षमा ३० को हाराहारीमा आउन सक्ने सम्भावना पनि देखिएको छ ।

६० वटाबाट २/२ जोडिए भने त आधा ३० वटामा आइहाल्छन् । ३० वटामा झर्ने सम्भावना देखिएको छ ।

प्रत्येक प्रदेशमा तीनवटाका दरले २१ वटा र राष्ट्रिय स्तरका १० वटा आए भने पनि ३१ वटा हुन्छन् ।

राष्ट्र बैंकको नीति पनि मर्जरमा जानका लागि प्रोत्साहन गर्ने खालको हुनुपर्छ । साना संस्था मर्जरमा जाने नै भए । ठूला संस्थाहरुले मर्जरमा जान जरुरी नभएको प्रतिक्रिया दिँदै आएका छन् । तर उनीहरु पनि मर्जरमा जानका लागि प्रोत्साहन गर्ने खालको नीति आउनु पर्छ ।

लघुवित्तको समग्र अवस्था ठिकै छ । धेरै राम्रो अवस्था पनि छैन् र बर्बादको अवस्था पनि छैन् ।
लघुवित्तको अवस्था सामान्यतर्फ लाग्दै गएको छ । ऋण लगानी अलिअलि बढेको छ । त्यति धेरै बढेको छैन् ।
कर्जा सूचना केन्द्रका कारणले ऋण डुब्लिकेशनको कुरा कम भएको छ र त्यसले गर्दा लगानी कम हुँदै गएको छ । 

एउटा ग्राहकले ५ लाख भन्दा बढी लिन नपाउने भएको छ । पहिला त्यस्तो रेकर्ड नै थिएन । एउटा ग्राहकले ५ देखि १५ लाखसम्म ऋण लिएका थिए ।

३ संस्थाले ५/५ लाख रुपैयाँ लगानी गरेका थिए । अब ती संस्थाले ३ ठाउँमा ऋण दिन पाउँदैन् । एक ठाउँमा मात्र ऋण दिन पाउछन् । २ ठाउँमा छोड्नु पर्ने अवस्थाले लगानी बढेको छैन् ।

दीर्घकालीन रुपमा यो राम्रो पनि हो । एउटै ठाउँमा बढी लगानी गरेर अफ्ठ्याराेमा पर्नु राम्रो होइन् । एउटै ठाउँमा लगानी गर्दा तत्कालका लागि नराम्रो भएपनि दीर्घकालीन रुपमा राम्रो हुन्छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ ।

‘ट्रान्जेक्सनकाे’ को हिसाबले सामन्यतिर गइरहेका छौं । राष्ट्र बैंकको नीतिले बैंक तथा लघुवित्तको जोखिम सरेको मात्रै हो । अझै चुनौती आउन सक्छ । मौद्रिक नीतिको अर्धवर्षिक समिक्षाले पनि असारसम्म ‘रिल्याक्ससेसन’ दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा उक्त व्यवस्था गरेपनि लघुवित्तलाई निर्देशन दिइसकेको छैन् । राष्ट्र बैंकले छिट्टै नै त्यस्तो निर्देशन दिन्छ होला ।

केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीति सकारात्मक नै छ । मौद्रिक नीतिले लघुवित्त र ग्राहकलाई पनि सजिलो बनाइ दिएको छ । ग्राहक र संस्था दुबै सँगसँगै जानु पर्छ भनेर पनि लचिलो मौद्रिक नीति ल्याइएको हुनुपर्छ । बजेट लिएको आर्थिक बृद्धिको लक्ष्यलाई सघाउ पुर्याउने किसिमको मौद्रिक नीति आएको छ ।

लघुवित्त र ग्राहक दुवैलाई अफ्ठ्याराे स्थिति अहिले केही पनि छैन् । तर हामी सबैले ‘रिक्स’ लाई पछाडि सारेका छौं । रिक्स सार्दै गएपछि राम्रो पनि हुन सक्छ झन भयंङकर पनि हुन सक्छ । स्थिति धेरै नै अष्ठ्यारो पनि आउन सक्छ ।

समग्रमा त्यतिधेरै अफ्ठ्याराे पनि छैन् । कर्जा सूचना केन्द्रका कारणले लगानी त्यति धेरै बढेको पनि छैन् ।
सामान्यतया मौद्रिक नीतिको समिक्षामा चुक्ता पुँजी बढाउने बिषयले प्रवेश पाउँदैन् । अबको नयाँ आर्थिक वर्षमा ल्याइने मौद्रिक नीतिमा चुक्ता पुँजीको प्रस्ताव आउन सक्छ ।

कोभिडको समयमा अष्ठयारो पार्ने खालको नीति राष्ट्र बैंकले पनि बनाएको पनि छैन । सजिलो बनाएको छ ।

हकप्रद शेयर बितरण गरेर पनि चुक्ता पुँजी बढाउन दिइनु पर्छ । हकप्रद शेयर नै नदिने भन्ने त हुँदैन् । मर्जर र एक्विजिसनमा पनि जानुपर्छ । तर मर्जर र एक्विजिसन मात्र चुक्ता पुँजी पुर्याउने माध्यम बनाउनु हुँदैन् । हकप्रदबाट पनि चुक्ता पुँजी बढाउने बाटो खोलि दिनुपर्छ ।

व्यापार बढाउनका लागि चुक्ता पुँजी बढाउन दिनुपर्छ । हकप्रद दिन सक्छौ तर मर्जर र एक्विजिसनमा जानु पर्छ भनेर पनि नीति बनाउनु पर्छ ।

नेपाल लघुवित्त बैंकर्स संघले दुईवटै तरिकाले चुक्ता पुँजी बढाउन सकिन्छ भनेर सुझाव दिएको छ । मर्जर पनि गरेर चुक्ता पुँजी बढाउन सकिन्छ । हकप्रद पनि दिन पाउँछौ भन्ने खालको मौद्रिक नीति ल्याउनुपर्छ । सम्भवत अर्को मौद्रिक नीति आउदा चुक्ता पुँजीको प्रस्ताव आउन सक्छ ।

शेयर बजार अहिले बढेको छ । सबै सेक्टरको बढेको छ । मौद्रिक नीति अर्धवार्षिक समिक्षअघि सिआरआर बढी भयो भन्ने कुरा पनि आएको थियो । कसैले यो छाडि दिनुपर्छ भन्ने कुरा पनि आएको थियो । राष्ट्र बैंकले त्यसलाई सम्बोधन गरेन ।

मार्जिन ल्यान्डिङलाई पनि केही फरक गरेको देखिएन् । त्यसैले शेयर बजारमा खासै नकारात्मक असर परेन ।

लघुवित्तले नेप्से घटाउन बढाउन त्यति भूमिका खेल्दैनन् । समग्रमा नेप्से बढाउने काम त लघुवित्त भन्दा अन्य ठूला कम्पनीको शेयरले नै हो । इन्डेक्स सबैको बढेको छ ।

१०००/१२०० रुपैयाँ भन्दा कम मूल्य भएका शेयर लघुवित्त छैनन् । तर ‘ग्रोथ’ को कुरा गर्ने हो भने लघुवित्तको मात्रै होइन सबैको बढेको छ ।

लघुवित्तको इपिएस सबैभन्दा राम्रो छ । धेरैजसोले नाफा पनि बोनसमा नै दिएका छन् । लघुवित्तले बोनस दिन्छन र घाटा खानु पर्दैन भन्ने लगानीकर्ताको आत्मविश्वास भएकाले पनि लघुवित्तको शेयर मूल्य बढेको हुनुपर्छ । नगद हुँदा वित्तीकै ‘रिटर्न’का हिसाबले कम हुन्छ । तर बोनस शेयर हुने वित्तीकै त्यति धेरै घाटा लाग्दैन भन्ने भएकाले पनि शेयर मूल्य उच्च भएको हो ।

कहिले काही त लघुवित्तको शेयर मूल्य हेरेर डर पनि लाग्छ । किन यति धेरै बढ्यो भन्ने पनि लाग्छ । भोली नाफा दिन सकेन भने त सिइओलाई नै बढी प्रेसर हुन्छ । त्यसो भएकाले शेयर मूल्य त्यति धेरै नबढे हुन्थ्यो भन्ने लाग्छ ।

हुन त नेपालको शेयर बजार बढनका लागि कुनै ‘लजिक’ चाहिँदैन् । निश्चित लगानीकर्ताहरुले नेपालको शेयर मार्केट चलाइरहेका छन् । उनीहरुले चाहेमा कसको मूल्य कँहा पुर्याइ दिन सक्छन् र घटाउन चाहे भने तल झारिदिन सक्छन् । नेपालको शेयर मार्केट ‘सिष्टमेटिक र क्यालकुलेशन’ गरेर चल्दैन् । कुनै संस्था नोक्सानीमा छ भने पनि यता शेयर मूल्य भने बढेको हुन्छ । यसलाई के भन्ने ?

लघुवित्त तुलनात्मक रुपमा राम्रै छन् । तर शेयर मूल्य त्यति हुनु पथ्र्यो वा पर्दैनथ्यो त्यो अर्कै कुरा हो । वाणिज्य बैंक भन्दा रिटर्नका हिसाबले माइक्रोफाइनान्स राम्रा छन् । बोनस शेयर दिइहाल्छ भन्ने हिसाबले पनि लगानीकर्ता लघुवित्तको शेयरमा आकर्षित भएको हुनुपर्छ ।

(नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालसँग विष्णु बेल्वासेले गरेकोे कुराकानीमा आधारित लेख)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।