बिक्री प्रबन्धक र कम्पनी दुबैका साइट खुलेका छैनन् भने उता मेरो शेयरले पनि दुख दिँदै आएको छ। मेरो शेयर झल्याक झुलुक मात्रै खुलेपछि सर्वसाधारण हैरानीमा परेका छन्।
कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेभसाइटले काम गर्न छाडेका हुन्। सीमित भिजिटर आउने अनुमानका साथ डिजाइन गरिएका वेभसाइटमा एकै पटक १० औँ लाख मानिस ओइरिएपछि साइटले भार थाम्न सकिरहेका छैनन्।
लगानीकर्ताको गोपनीयताको आधारमा भन्दै सिडिएससिले यस अघि सित्तैमा नतिजा प्रकाशित गर्दै आएका सञ्चार माध्यमलाई नतिजा प्रकाशन गर्न रोक लगाएको छ। सञ्चार माध्यमले नतिजा प्रकाशन नगरेका कारण ती वेभसाइटहरूमा अधिक भार परेको हो।