प्रभु क्यापिटलकाे '९९९ ट्रिपल नाईन ! ट्रिपल बेनिफिट डिम्याट योजना' सञ्चालन

Feb 28, 2021 12:38 PM Merolagani

प्रभु क्यापिटल लिमिटेडले (PBCL) ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत सहज तथा सुलभ ढंगबाट निरन्तर शेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना '९९९ ट्रिपल नाईन ! ट्रिपल बेनिफिट डिम्याट' योजना फाल्गुण १६ गतेबाट सञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तरगत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल बेनिफिट प्राप्त गर्न सक्नेछन् । ट्रिपल बेनिफिट अन्तरगत डिम्याट लिँदा मेरोशेयर लगइन निःशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नविकरण गर्नुनपर्ने (८ वर्षको नविकरण आफैं हुने), पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पर्दछ ।

नयाँ डिम्याट खाता खोल्ने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले पनि यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्नेछन्।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा एट टु एट अन्तरगत सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।