एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना फाल्गुन १४ गतेबाट संचालनमा ल्याएको हो। यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने एनसेलकाे विश्वास छ ।
सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । उदाहरणका लागि नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्दछ ।त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ ।
यो सिम ग्राहकले कर सहित मात्र ९९ रूपैयाँमा लिन सक्छन् र सिमसँगै २० रूपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा,२० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस,नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।
यो सिम अर्थात योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १.९९ रूपैायाँ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ ।
यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन्।सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् ।
यो सिम सुचारु गरेको दोस्रो दिनको मध्य रातसम्ममा गरेको १०० रूपैयाँभन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् । जस्तै कुनै ग्राहकले १०० रूपैयाँको पहिलो रिचार्ज गरेमा उसले १०० मिनेट एनसेल नेटवर्क भित्र कल गर्न सकिने बोनस टक टाइम र सात दिनको समय सिमा रहेको १०० एमबी डेटा प्राप्त गर्दछ ।
ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पे एज यूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि ७ दिनकाे रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेशिया,कतार,यूएई,साउदी अरब,भारत,जापान,दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कल दिन सक्नेछन् ।
यति मात्र हैन,यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तराष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् ।