शेयर बजार करेक्सनको बाटोमा,ठूला लगानीकर्ता भन्छन्- ‘अतालिए शेयर फ्याक्दा फुर्सदमा पछुताउनु नपरोस’

Feb 28, 2021 03:19 PM Merolagani

शेयर बजार करेक्सनको बाटोमा लागेको छ । तर, ठूला लगानीकर्ताहरु भने अतालिएर शेयर बिक्री गर्न नहुने बताउँदै आएका छन् ।

गत साताको आइतबार अहिलेसम्मकै उच्च अंक २६४१.०३ अंकमा पुगेको नेप्से एक हप्ताकै बीचमा १६६.६४ अंकले घटेर २४७४.३९ मा आएको छ । यसलाई लगानीकर्ताले करेक्सन भन्दै आएका छन् ।

एक वर्षअघि १२०० अंकको नजिक रहेको नेप्से निरन्तर उकालो लागेर २६४१ अंक भन्दा माथि पुगेको थियो । त्यसपछि पुनः करेक्सन भएर २४७४.३९ मा आएको छ । यसलाई लगानीकर्ताले समान्य रुपमा लिएका छन् ।

शेयर बजारमा उत्तार चढाव सधै भइरहन्छ । यसलाई सामान्य रुपमा लिनु पर्ने लगानीकर्ताहरुको बुझाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति तथा ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफ्नो फेसबुक पेजमा ‘पूँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धनपनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं,’ भन्दै साना लगानीकर्तालाई ढाडस दिन पुगेका छन् ।

अस्थिर राजनीतिले गर्दा निरन्तर उकालो लाग्दै गएको नेप्सेमा ब्रेक भएको लगानीकर्ता ललित ढुंगानाले बताए । ‘सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने फैसला गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले कसको सरकार बन्ने लगायतका अन्याैलका कारणले शेयर बजार घटन पुगेको हुनसक्छ,’उनले भने।’यसैगरी केही ठूला लगानीकर्ताले सर्वाेच्चकाे फैसलापछि मात्र शेयर किन्ने रणनीति अख्तियार गरेका कारण अहिले बजार घटेकाे हुनसक्छ।’

साताको पहिलो दिन आइतबार ७९.७४ अकंले ओरालो लागेर नेप्से २४७४.३९ अंकमा आइपुगेको छ ।

किन यस्तो भयो त ? लगानीकर्ता पनि आश्चर्यचकित छन् ।

धेरैजसो लगानीकर्ताले अस्थिर राजनीतिका कारण शेयर बजार ओरालो लाग्न पुग्दै आएको बताएका छन् । निरन्तर उकालो लाग्दै गएको शेयर बजार घटने हो कि भन्ने त्रास पनि छ । त्यस्तो त्रासका कारण बजारबाट नाफा बुक गर्न थाल्दा शेयर बजार ओरालो लागेको भन्ने लगानीकर्ता पनि कमी छैनन् ।

अर्कोतिर लगानीयोग्य रकम (तरलता)को अभाव हुन थालेको र बैंकबाट शेयर धिताेमा लिएको ऋणको ब्याज बढ्ने हल्ला फैलिएकाले पनि शेयर बजार घटन पुगेको तर्क पनि गरिदै आएको छ । यी र यस्तो हल्लाका कारण शेयर बजार ओरालो लाग्न पुगेको बिश्लेषकको भनाइ छ ।

तर बैंकका प्रमुख कार्यकारी अधिकृतहरु भने असोजभन्दा यता तरलताको अभाव नहुने बताउँदै आएका छन् । तर लगानीकर्ता भने तरलतको अभाव हुने र ऋणको ब्याज बढ्ने भन्दै अतालिएर शेयर बिक्री गर्न थालेका छन् । यसले पनि शेयर बजार ओरोलो लाग्न पुगेको ठूला लगानीकर्ताहरु बताउँछन् ।

शेयर बजार घटनु पर्ने कारण नै नभएको शेयर बिश्लेषकहरुको भनाइ छ । कोरोना भाइरसको खोप आइसकेको, नेपाल राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जालाई नियन्त्रण नगरेको, केन्द्रीय बैंकको शेयर बजारमैत्री नीतिले लगानीकर्तामा उत्साह थपिनु पर्ने हो ।

त्यति हुँदा पनि शेयर बजारमा सुधार हुन सकेन् अखिर किन त ?

नेपाली शेयरबजारका लगानीकर्ता कति बेला खुसीले उफ्रन्छन, कतिबेला तनाबले थचारिन्छन, पत्तै हुँदैन ।
कारण हो- शेयरबजारको प्रवृत्ति ।

शेयर विश्लेषक भन्छन- यहाँको शेयरबजार प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ, कतिखेर घट्छ, कतिखेर बढ्छ आँकलनै गर्न सकिन्न ।

सबैभन्दा खतरनाक त हल्लैहल्लामा आकाशबाट पाताल झर्छ,पातालबाट आकाश उक्लन्छ, नेपाली शेयरबजारमूल्य ।

राजनीतिक स्थिति, देशको अर्थतन्त्र र नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण विश्लेषणका भरमा आफ्नो लगानीबारे निश्चिन्त रहनु पर्ने र समयमा सही निणर्य लिनुपर्ने लगानीकर्ता हुन्डरीजस्तो प्रवृत्तिले हैरान छन् ।

शेयरबजारमा अनावश्यक हल्ला फिँजाइएकाले ‘अस्वाभाविक’ गिरावट आउने गरेको विज्ञले बताएका छन् । शेयरबजार वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको पनि शेयर बिश्लेषकहरुको भनाइ छ । खासगरी नयाँ र साना लगानीकर्ता हल्लाका भरमा लगानी गर्ने र निकाल्ने प्रवृत्ति छ । हल्लासँगै बजार नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण पनि शेयर बजारमा उच्च उतारचढाव आउने गरेको छ ।

नेपाली शेयरबजारको चरित्रै नै फरक भएको बिश्लेषकहरु बताउँछन् । विदेशी मुलुकमा भन्दा विपरीत ढंगले नेपालको शेयरबजार चल्ने उनीहरुको भनाइ छ । ‘संसारले नपत्याउने किसिमले शेयरबजार चल्छ,’ ती बिश्लेषकले भने, ‘विदेशमा त्यो देशको अर्थतन्त्रको सूचक अनुसार बढ्ने र घट्ने गर्छ तर नेपालमा अर्थतन्त्रसँग सम्बन्ध नै हुँदैन ।’

अर्थतन्त्र तथा शेयरबजारको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । तर, अर्थतन्त्र उकालो लाग्ने संकेत देखिदा पनि शेयरबजार ओरालो लाग्नुको पछाडि नकारात्मक हल्ला नै हो । साना लगानीकर्तालाई हतोत्साहित पार्ने र ठूला लगानीकर्ताले यही मौकामा शेयर खरिद गर्दाको परिणाम हो यो ।

यस्तो अवस्थामा अतालियर शेयर फ्याक्नु पर्ने कुनै कारण नभएको बिश्लेषकहरु बताउँछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।