मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट

Mar 03, 2021 01:10 PM Merolagani

मेगा बैंकका (MEGA) ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ ।

सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।