बुधबार बैंकको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बैंकले शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।