जूमको आम्दानीमा ३६९ प्रतिशतको वृद्धि, २०२२ को पहिलो त्रैमासमा ९०५ मिलियन डलरसम्म पुग्न सक्ने

Mar 04, 2021 12:13 PM Merolagani

अमेरिकन संचार प्राविधिक कम्पनी जूमको आम्दानीमा ३६९ प्रतिशतको वृद्धि भएको छ । पछिल्लो तीन महिनामा कम्पनीको आम्दानी ८८२.५ मिलियन डलरसम्म पुगेको छ । कोरोना महामारीका कारण द्रुत गतिमा अघि बढेको बैठक गर्ने प्लाटफर्म हो ।

कम्पनीका अनुसार सन् २०२० को चौथो त्रैमासमा यसको खुद नाफा २६०.४ मिलियन डलर रहेको थियो । हाल कम्पनीको करिब चार लाख ६७ हजार १०० ग्राहकमध्ये १० जनाभन्दा धेरै कर्मचारी छन् । पछिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७० प्रतिशतले धेरै हो ।

प्रयोगकर्ताको विश्वासले भयो फाइदा

जुमका संस्थापक तथा सिइओ एरिक एस युआनले भने,'हामी एक विश्वासिला साझेदार र जहाँसुकैबाट पनि काम गर्ने वातारणमा काम गर्दैछौँ । यहिँ कारणले हाम्रो आर्थिक नतिजामा सुधार देखिँदै गएको छ । हाम्रो नविन भिडियो संचार प्लाटफर्मको स्थानलाई थप सुदृढ बनाउनेमा हामी विश्वस्त छौँ ।'

२०२२ को पहिलो त्रैमाससम्ममा ६,६४९ करोड रुपैयाँ आम्दानी हुने आशा

सन् २०२१ को आर्थिक वर्षको कुल आम्दानी दुई हजार ६५१.४ मिलियन डलर रहेको छ । कम्पनीको वार्षिक वृद्धि दर ३२६ प्रतिशत रह्यो । आर्थिक वर्ष २०२२ को पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ९०५ मिलियन डलरसम्म पुग्नेको कम्पनीको आशा छ ।

कुनै समय जूमको सुरक्षामाथि उठेको थियो प्रश्न

गत वर्ष लकडाउनको समयमा गृह मन्त्रालयले यस एप्सको प्रयोगलाई लिएर एक परामर्श जारी गरेको थियो । जसमा यो एपलाई असुरक्षित बताइएको थियो । जूम एप 'एण्ड टू इण्ड' इन्क्रिपटेड छैन । अर्थात यसको मेसेज कसैले पनि पढ्न सक्दछन् । यसलाई सजिलै ह्याक पनि गर्न सकिन्छ । यद्यपी सन् २०२० मे ३० मा यस एपको नयाँ अपडेट भएको थियो । यसबाट सुरक्षासँग सम्बन्धित सबै समस्याको अन्त्य भएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।