लाभांश प्रस्ताव पारित गर्दै महिला सहयात्रा, बुकक्लोज कहिले?

Mar 04, 2021 08:49 AM Merolagani

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले चैत १८ गते, ओम अध्याय रिट्रिट रिसोर्ट, मकवानपुरमा आठौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सो सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला लघुवित्तलाई प्राप्त गर्ने माघ ८ गते सम्झौता गरेको कारण माघ ९ गतेदेखि दोस्रो बजारमा कारोबार रोक्का रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ६४ लाख १० हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।