बिहीबार सरकार र विप्लव समुहवीचको वार्ता सफल भएको छ। विप्लव समुहले सरकारसँग तीन बुँदे सहमति गर्दै हिँसा छोड्ने सहमति गरेको छ। यससँगै बिहीबारबाटै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।
गत ६ करोबार दिनमा लगातार घट्दै आएको नेप्से सूचक बिहीबार बजार खुलेदेखिनै सकारात्मक देखिएको थियो। बजार खुलेको दुई घण्टामा नै शेयर बजार ७१ अंकले बढिसकेको छ।