सरकार र बिप्लव समूहबीच भएकाे सहमति स्वागतयाेग्य : उद्याेग परिसंघका अध्यक्ष

Mar 04, 2021 01:14 PM Merolagani

सरकार र माओवादीकाे बिप्लव समूहबीच भएकाे सहमतिलाइ निजी क्षेत्रले स्वागत गरेकाे छ। मेराे लगानीसँग कुरा गर्दै नेपाल उद्याेग परिसंघका अध्यक्ष शतिस माेरले शान्तितर्फ मुलुक अघि बढ्नु व्यावसायिक जगतका लागि  सुखद रहेकाे बताए।

अध्यक्ष माेरले भने, 'यसलाइ सकारात्मक रुपमा लिनुपर्छ। शान्तिले गर्दा नै मुलुकको विकास हुने हो। सोचको विकास हुने हो। रोजगार सिर्जना हुने हो। जुन देशमा शान्ति हुन्छ त्यहि देशमा विदेशी लगानी पनि आउँछ। राजनीतिमा के भयो? भन्ने विषय  हाम्रो सरोकारको विषय होइन। तर हाम्रो सरोकारको विषय भनेको नेपाली जनताले शान्तिपूर्ण तरिकाले बाच्न पाउनु पर्छ। फरक धारमा  हिँडिरहेकाे समूह मुलधारमा फर्कनु सुखद हाे।'

सरकार र बिप्लव समूहबीच तीन बुँदे सहमति भएपछि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र बिप्लव दुवै जनाले  संयुक्त रूपमा सम्वाेधन गर्ने कार्यक्रम छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।