इन्टरनेटको शुल्क घटाउने तयारीमा सरकार, सेवाप्रदायक तयार छन ?

Mar 04, 2021 03:43 PM Merolagani

सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवा प्रयोगबाट लिदै आएको इन्टरनेट शुल्कलाई घटाउने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार सूचना प्रविधि मन्त्रालयले यसबारे अवश्यक छलफल र तयारी गरिरहेको छ ।

बिहिबार दूरसञ्चार प्राधिकरणको २३ औं बार्षिक उत्सबमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले इन्टरनेट शुल्क घटाउने बताए ।

आगामी आर्थिक बर्षको बजेट मार्फत दूरसञ्चार क्षेत्रमा लाग्दै आएको करलाई हेरफेर गरी उपभोक्ताले तिर्दै आएको इन्टरनेट शुल्क घटाइने मन्त्री गुरुङको भनाई छ ।

‘अन्तराष्ट्रिय व्यान्डवीथको शुल्क बर्षेनी घट्दै जाने तर नेपालको इन्टरनेट शुल्क बढ्दै जाने देखिएको छ’ उनले भने ‘इन्टरनेट सेवाप्रदायकहरुसँगको छलफलपछि इन्टरनेट शुल्क सस्तो बनाइने छ ।’

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको अवधारणालाई साकार पार्न र उपभोत्तालाई भार नपर्ने गरी इनटरनेट सेवाको मुल्य समायोजन हुने बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।