१० हजार फिटमाथि आकासमा पनि अब इन्टरनेट चलाउन पाइने

Mar 04, 2021 03:38 PM Merolagani

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने व्यवस्था मिलाउने भएको छ । जसका लागि प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको बताएको छ ।

२३ औं बार्षिक उत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने बिषयको बारेमा अध्ययन भइरहेको बताए ।

‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भने, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।

यस अघि नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने व्यवस्था र प्रविधि थिएन । अब भने अनुमति पत्र खुलाएरै सेवा दिने तयारी थालिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।