एक वर्षमा आउने जति सुन ८ महिनामा नै आयो, साउनदेखि फागुनसम्म आएकाे २४ सय किलाे सुन के मा खपत हुन्छ ?

Mar 04, 2021 06:24 PM Merolagani

एक वर्षमा आउने जति सुन ८ महिना नै आएको छ । गत आर्थिक वर्षकाे १२ महिनामा २ हजार ४ सय किलो सुन नेपाल भित्रिएको थियो । यो आर्थिक वर्षको साउनदेखि फागुनसम्म अर्थात ८ महिनामा गत आर्थिक वर्ष भरीमा भित्रिए जतिकै सुन आयात भएको छ ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष साउनदेखि असारसम्म २ हजार ४ सय किलो सुन नेपाल भित्रिएको थियो । तर, यो आर्थिक  वर्षको साउनदेखि फागुनको १९ गते (आज)सम्म २ हजार ३ सय किलो सुन भित्रिइसकेका छ । अर्को सातासम्म थप १०० किलो सुन भित्रिदै छ ।

यसको अर्थ यो आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल २ हजार ४ सय किलो सुन भित्रिदै छ । जबकी गत आर्थिक वर्ष यति नै सुन भित्रिनका लागि १२ महिना लागेको थियो ।

कोरोना भाइरसका कारण गत आर्थिक वर्ष २ हजार ४ सय किलो मात्र सुन भित्रिएको नेपाल बैंकर्स संघको भनाइ छ । तर यो आर्थिक वर्षमा कोरोना भाइरसको असर कम हुँदै गएपछि ठूलो परिणामको सुन नेपाल भित्रिन पुगेको हो ।

सरकारले सुन आयातमा कटाैती नगरेकाे भए याे भन्दा धेरै सुन नेपाल भित्रिने व्यवसायीकाे भनाइ छ ।

सरकारले सुन आयातमा कटौती गर्दै दैनिक १० किलो मात्र ल्याउन स्वीकृत दिँदै आएको छ । लकडाउन अघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो । त्यसबाहेक चाडपर्व र लगनको समयमा दैनिक २५ किलोसम्म सुन आयात गर्न स्वीकृत दिने गरिएको थियो ।

यता, बजारमा सुनको माग दैनिक २५ देखि ३० किलोसम्म हुँदै आएको छ । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा सुनको अभाव हुन गएको हो । सुन चाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन सरकारसँग माग गर्दै आएको छ । तर सरकारले सुनको कोटा बढाउने बिषयमा कुनै निणर्य गरिसकेको छैन् ।

कोरोना भाइरसको संक्रमण उच्च भएको समयमा सुनको मूल्यमा उच्च रुपमा बढेर तोलाको १ लाख माथि पुगेको थियो । सुनको मूल्य उच्च दरले बढ्दा सुन खरिद गर्नेहरुमा कमी आएको थियो । तर अहिले सुनको मूल्य घटेको छ ।

गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो । उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो ।

तर अहिले (बिहीबार) एक तोला सुन किन्दा ८६ हजार ५ सयमा आइपुगेको छ । करिव सात महिनाको अबधिमा सुन तोलामा १७ हजार रुपैयाँ घटेको छ ।

सुन सस्तो भएपछि बजारमा सुनको अभाव देखिन थालेको छ । व्यवसायीले पनि सुनको अभाव देखाउन थालेका छन् ।

आगामी बैंशाखमा विवाहको लगन भएकाले सुन खरिद गर्नेको भीडभाड लागेको छ । बैशाखमा हुने विवाहका लागि सुन खरिद गर्नेको चाप बढेको सुन व्यवसायी मणिरत्न शाक्यले बताए ।

‘विवाहको सिजन नभएका कारण विगत चार महिनादेखि सुन बिक्री गर्न पाएका थिएनौं,’ उनले भने, ‘बैंशाखमा आउने विवाहको लागि सुन अहिलेदेखि खरिद गर्न थालेका कारण सुनको बिक्री बढेको छ ।’

विदेशबाट आयात हुने सुन नेपालमा मात्र खपत भने हुँदैन् । दक्षिणतर्फको छिमेकी मुलुक भारतीय बजारमा र उत्तरतर्फको चीन तर्फपनि नेपालबाट सुन लुकाइ छिपाइ जाने गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।