कोरोनाको समयमा भारतमा थपिए ४० नयाँ अर्बपति,सबैभन्दा धेरै अर्बपति हुने चीन र अमेरिका

Mar 04, 2021 03:54 PM Merolagani

कोरोना महामारीको प्रतिकुल अवस्थामा पनि अरबपतिकालागि गत वर्ष लाभदायक प्रमाणित भएको छ । भारतमा एक वर्षमा अरबपतिहरुको संख्या १३७ बाट बढेर १७७ पुगेको छ । अर्थात् एक वर्षमा भारतमा ४० अर्बपतिहरु थपिएका छन् ।

सो तथ्यांक हुरुन ग्लोबल रिच लिस्ट २०२१ मा सार्वजनिक गरिएको थियो । यस पटक विश्वभरका ६८ देशहरु र दुई हजार ४०२ कम्पनीबाट तीन हजार २२८ अर्बपतिहरुलाई समावेश गरिएको थियो । गत वर्ष यस धनाढ्यको सूचिमा दुई हजार ८१४ अर्बपति रहेका थिए । अर्थात् यसपटक विश्वभरमा ४१४ अर्बपतिहरु थपिएका छन् ।

अम्बानी तथा अदाणी दुबैको स्थान बढ्यो

भारतका सबैभन्दा धनी उद्योगपति र रिलायन्स इन्डस्ट्रिजका सिइओ मुकेश अम्बानी धनाढ्यको सूचीमा नवौं स्थानबाट उक्लेर आठौं स्थानमा आइपुगेका छन् । एक वर्षमा उनको सम्पत्ति २४ प्रतिशतले वृद्धि भएको हो । पछिल्लो वर्ष उनको सम्पत्ति ६७ अर्ब डलर रहेको थियो जुन अहिले ८३ अर्ब डलर अर्थात ६.१ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

अम्बानीको सम्पत्ति बढ्नुको मूख्य कारण भारतमा ८ प्रतिशत निर्यात उनको कम्पनीबाट रिलायन्स इण्डस्ट्रिजबाट हुने गर्दछ । यस्तै भन्सार महसुलबाट सरकारले प्राप्त गर्ने ५ प्रतिशत राजश्व पनि रिलायन्सबाट नै आउने गर्दछ ।

अदानी ग्रुपका अध्यक्ष गौतम अदाणीको सम्पत्ति पनि झण्डै दोब्बरले वृद्धि भएको छ । उनको सम्पत्ति १७ अर्ब डलरले बढेर ३२ अर्ब डलर पुगेको छ । उनी २० स्थानको छलाङ मारेर ४८ औं धनाढ्य व्यक्ति बनेका छन् ।

आईटि कम्पनी एचसिएलका शिव नादर २७ अर्ब डलरको सम्पत्तिकासाथ तेश्रो सबैभन्दा धनी भारतीय हुन् ।

 

भारत बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति हुने तेश्रो देश

१७७ जना अर्बपतिहरुका साथमा विश्वको सबैभन्दा धेरै अर्बपतिहरु हुने सूचीमा भारत तेश्रो देश बनेको छ । जसमध्ये ६१ जना मुम्बईबाट छन् भने नयाँ दिल्लीमा ४० र बेंगलोरमा २२ जना छन् । विदेशमा हुने भारतीयसहित सो संख्या २०९ पुगेको छ ।

चीनमा सबैभन्दा धेरै एक हजार ५८ जना अर्बपतिहरु रहेका छन् । एक वर्षमा यिनको संख्या २५९ले बढेको छ । विश्वका सबैभन्दा धेरै १४५ अर्बपतिहरु बेइिजिङमा रहने गर्दछन् । यसैगरी दोश्रो स्थानमा शांघाई छ जहाँ ११३ अर्बपतिहरु छन् ।

सर्वाधिक अर्बपति हुने दोश्रो देशमा अमेरिका पर्दछ । अमेरिकामा ६९६ अर्बपति छन् र एक वर्षमा यसको संख्या ७० ले बढेको छ । न्यूयोर्कमा सबैभन्दा धेरै ११२ अर्बपति रहेका छन् ।

भारत पछि भने चौथो स्थानमा १४१ अर्बपतिहरुका साथ जर्मनी र १३४ अर्बपतिहरुकासाथ बेलायत पाचौं स्थानमा रहेका छन् । स्विट्जरल्याण्डमा १०० , रसियामा ८५ र फ्रान्समा ६८ अर्बपति रहन्छन् ।

चीनमा छन् सबैभन्दा धेरै आत्म निर्मित धनाढ्य महिला

विश्वभरमा आत्म निर्मित अर्बपति महिलाहरु २३१ जना रहेका छन् जसमा ५१ जना थपिएका हुन् । यस्ता महिलाहरु सबैभन्दा धेरै चीनमा छन् । ती अर्बपति महिलाहरुमा ६६ प्रतिशत चीनमा मात्र रहेका छन् । चिनियाँ फार्माक्यूटिकल्स कम्पनी ह्यानसोहकी संस्थापक हुईआन जोङ २३ अर्ब डलरका साथ अग्रस्थानमा छिन् । विश्वको सबैभन्दा धनी महिला वार्लमार्टकी एलिस वाल्टन हुन् जसको सम्पत्ति ७४ अर्ब डलर छ ।

कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि विश्वभरका अर्बपतिहरुको सम्पत्ति बढ्यो

कोरोना महामारीको प्रतिकूल अवस्था रहँदा रहँदै पनि विश्वभरका तीन हजार २२८ अर्बपतिहरुको सम्पत्ति ३२ प्रतिशतले बढेको छ । यि धनाढ्यहरुको कुल सम्पत्ति ३.५ ट्रिलियन डलरबाट बढेर १४.७ ट्रिलियन डलर पुगेको छ । एशियामा सबैभन्दा धेरै ५० प्रतिशत अर्थात एक हजार ६५३ अर्बपतिहरु रहेका छन् ।

यसपटकको विश्वव्यापी सूचीमा ८.७ प्रतिशत अर्बपतिहरु स्वास्थ्य क्षेत्रका हुन् । घरजग्गा क्षेत्रबाट ८.७ प्रतिशत र कन्ज्यूमर गुड्स क्षेत्रबाट ८.६ अर्बपतिहरु रहेका छन् । भारतका १७७ अर्बपतिहरुमध्ये सबैभन्दा धेरै ३७ अर्बपति स्वास्थ्य क्षेत्र र २६ उपभाेकता वस्तुबाट छन् ।

 

५/१० वर्षमा यसरी भयो परिवर्तन

पाँच वर्षअघि बिल गेट्स ८० अर्ब डलरको सम्पत्तिका साथ विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका थिए । यसैगरी १० वर्ष पहिले कार्लो स्लिम ५५ अर्ब डलरको सम्पत्तिले विश्वकै धनी व्यक्ति बने । हाल एलन मस्क सर्वाधिक धनीको सूचीमा शिर्षस्थानमा छन् र उनको सम्पत्ति बिल गेट्सको ५ वर्षअघिको सम्पत्तिको तुलनामा २.५ गुणा र कार्लोस स्लिमको १० वर्ष पहिलेको सम्पत्तिको तुलनामा ४ गुणाले बढि हो ।

( एजेन्सीकाे सहयाेगमा। )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।