विकास बैंक र फाइनान्सबाट मार्जिन कर्जा लिने घट्दा वाणिज्य बैंकबाट लिने बढे, माघमा इम्पोर्ट लोन पनि ह्वातै बढ्यो

Mar 04, 2021 04:57 PM Merolagani

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दा मार्जिन कर्जा पनि बढेको छ। माघ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले करिव ३ अर्ब मार्जिन कर्जा लगानी गरेका छन्।

विकास बेंक र फाइनान्स कम्पनीले प्रवाह गर्ने मार्जिन कर्जा भने यस अवधिमा घटेको छ। तर वाणिज्य बैंकहरुको यस्तो कर्जा बढ्दो क्रममा नै देखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको मार्जिन कर्जा माघमा मात्रै २ प्रतिशतभन्दा धेरैले बढेको छ। पुस मसान्तसम्ममा ७५ अर्ब ७० करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले माघ अन्तिमसम्म्ममा ७७ अर्ब ४८ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन्, जुन २.३६ प्रतिशतले धेरै हो।

वाणिज्य बैंकहरुको मार्जिन कर्जा यस अवधिमा सबैभन्दा धेरै ३.५४ प्रतिशतले बढेको छ। एक महिनामा बैंकहरुले उक्त कर्जा ६४ अर्ब ६ करोडबाट ६६ अर्ब ३२ करोड रुपैयाँ पुर्याएका छन्।

त्यस्तै बिकास बैंकहरुको भने मार्जिन कर्जा ३ प्रतिशतभन्दा धेरैले घटेको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार यस अवधिमा विकास बैंकहरुको मार्जिन कर्जा ९ अर्ब २ करोडबाट ८ अर्ब ७० करोड रुपैयाँमा झरेको छ जुन ३.५३ प्रतिशतले कम हो।

त्यसैगरी फाइनान्स कम्पनीहरुको पनि मार्जिन कर्जा घटेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। पुस महिनासम्ममा २ अर्ब ६१ करोड रुपैयाँ रहेको मार्जिन कर्जा माघ महिनामा घटेर २ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ। जुन ६.२२ प्रतिशतले कम हो।

यस अवधिमा बैंकहरुको आयात कर्जा पनि करिव १७ अर्ब रुपैयाँले बढेको छ। केन्द्रिय बैंकले दिएको तथ्याँक अनुसार गत माघ १ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ।

गत पुस अन्तिमसम्ममा १ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्ममा यस्तो कर्जा ११.६० प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो महिना यस्तो कर्जा ३ प्रतिशतले मात्रै घटेको थियो।

पछिल्लो समय आयात बढ्दा बैंकहरुको यस्तो कर्जा ह्वातै बढेको हो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।