लाभांश प्रस्ताव पारित गर्न सिर्जना फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Mar 05, 2021 09:59 AM Merolagani

सिर्जना फाइनान्स (SFFIL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले चैत १४ गते उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा ११ बजे शुरु हुनेछ। सभाले चुक्ता पूँजीको १३.५९ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ५७ लाख ५९ हजार ७५१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्द सञ्चालक समितिलाई अख्तियारी दिने, शेयर संरचना परिवर्तन गरि संस्थापक समूहको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत कायम गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले चैत १ गतेदेखि सभा नभएसम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।