सुनको मूल्य सस्तिने क्रम जारी, २०७७ कै सस्ताे मूल्यमा हुँदैछ काराेबार

Mar 05, 2021 11:33 AM Merolagani

सुनको मूल्य सस्तिने क्रम जारी रहेको छ । फागुन २१ गते शुक्रबार सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको छ ।

यस दिन छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । यस्तै तेजाबी सुनको पनि मूल्य घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेर प्रतितोला ८६ हजार ५०० रुपैयाँ तोकिएको थियो । पछिल्लाे एक सातामा सुनकाे मूल्य ताेलामा तीन हजार २०० रूपैयाँले गिरावट भएकाे छ । गत साताकाे शुक्रबार सुन प्रतिताेला ८८ हजार ८०० रूपैयाँ ताेकिएकाे थियाे ।

शुक्रबारको कारोबार मूल्य २०७७ कै सस्तो मूल्य हो । २०७७ को पहिलो कारोबार दिन, जेठ २५ गते, सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर उकालो लागेको छ । २०७७ काे वैशाखमा काेराेना महामारीले गर्दा जारी गरिएकाे लकडाउनका कारण सुनकाे कुनै मूल्य ताेकिएकाे थिएन । २०७६ काे अन्तिम काराेबार दिन सुन प्रतिताेला ७७ हजार रूपैयाँमा किनबेच भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्यांकमा उल्लेख छ ।

शुक्रबार सुनको मात्र नभई चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । साताको अन्तिम कारोबार दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

एक साताकाे अवधिमा चाँदी ताेलामा ८५ रूपैयाँले गिरावट भएकाे महासंघले जनाएकाे छ । अघिल्लाे साताकाे शुक्रबार चाँदी प्रतिताेला एक हजार ३३५ रूपैयाँमा खरिदबिक्री भएकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।