सपोर्ट लघुवित्तको साधारण सभा आह्वान

Mar 07, 2021 12:39 PM Merolagani

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चैत २० गते, शुक्रबार होटल इस्टर्न प्यालेस प्रा.लि. इटहरीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तको सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभामा प्रदेश ३ मा रहेको शाखा कार्यालय स्थानान्तरण, बन्द, बिक्री गरी प्रादेशिक रुपमा (१ नं. प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला कार्यक्षेत्र) कार्य गर्ने र सो कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ६ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार चैत ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।