अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

Mar 09, 2021 12:40 PM Merolagani

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) लाई नेपाल धितापत्र बोर्डले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीले फागुन २५ गते मंगलबार हकप्रद निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डलाई हाल कामय चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।