पठाओ राइडरले अफलाइन ट्रिप गर्न थालेपछि राइडर र ट्याक्सी चालक बीच झडप, दुबै पक्षलाई ट्राफिकले बाेलायाे

Mar 23, 2021 12:01 PM Merolagani

युवराज बस्नेत

पछिल्लो समय राइड शेयरिङ कम्पनी पठाओको नियम विपरित राइडरहरुले अफलाइन ट्रिप (यात्रु ओसारपसार) गर्न थालेपछि ट्याक्सी चालक र राइडहरु बीच पुनः विवाद सुरु भएको छ ।

खासगरी राइडरहरुले कम्पनीको नियम अनुसार अनलाइनमा आधारीत नै यात्रु ओसार पसार गर्नुपर्ने हो ।

तर, अनलाइन मा आधारीत भएर यात्रु ओसारपसार गर्दा कम्पनीलाई आम्दनीको २० प्रतिशत बुझाउनु पर्ने तर, अफलाइन गर्दा फाइदा हुने भएपछि राइडरहरुले ट्याक्सी जसरी नै यात्रु ओसारपसार गर्न थालेका छन् ।

ट्याक्सी तथा अन्य सार्वजनिक गाडी जसरी नै कुरेर उपत्यकामा यात्रु ओसारपसार गर्न लागेपछि पछिल्लो समय दैनिक रुपमा ट्याक्सी चालक र पठाओ राइडर बीच झडप हुने गरेको छ ।

ट्याक्सी चालकले सोमबार साझ गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा पठाओ राइडरको बिरोध गर्दै ठूलो ट्याक्सी र्याली नै निकालेका थिए । सोहि क्रममा पठाओ राइडर तथा ट्याक्सी चालक बीच विवाद भइ झडप समेत भएको थियो ।

 

पछिल्लो समय ट्याक्सी चालकहरुले पठाओ राइडरहरुलाई धडकपड गर्ने, बाटो मै झगडाको अवस्था निम्त्याउने गरेको बताउँदै आएका छन् । तर, ट्याक्सी व्यवसायी भने पठाओले ट्याक्सी व्यवसाय नै संकटमा परेको भन्दै विगत तीन बर्षदेखि विवादको बिषय बन्दै आएको छ ।

पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले पठाओ र ट्याक्सी व्यवसायीको पछिल्लो बिवादको छलफलको लागी महानगरीय ट्राफिक महाशाखाले मंगलबार बोलाएको जानकारी दिए ।

‘म सोहि बिषयको छलफल र विवाद समाधानको लागी ट्राफिक कार्यालय जादैछु’ बस्न्यातले भने ‘ छलफलपछि यो बिषयमा हामी बिज्ञप्ती निकाल्छौं।’ 

पठाओ र ट्याक्सी चालकहरुको विवादको लागी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले पठाओ र ट्याक्सी व्यवसायी महासंघ दुबै पक्षलाई बोलाएको छ ।

नेपाल ट्याक्सी व्यवसायी संघका महासचिव टोप बहादुर खत्रीले पठाओ र ट्याक्सी व्यवसायीको विवाद समाधानका लागी आवश्यक कागजात संकलन गरि छलफलका लागी ट्राफिक कार्यालय जाने तयारी भएको बताए । ‘पठाओले ट्याक्सी व्यवसाय नै घरापमा पारिसकेको छ’ उनले भने ‘यसका लागी हाम्रो संघर्ष जारी छ ।’

ट्याक्सी व्यवसायीहरुले एक बर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्लाई भेटेर पठाओलाई बन्द गर्नुपर्ने माग राखेका थिए । तर, नयाँ आउने यस्ता स्टार्टअप लाई रोक्न नहुने भन्दै कानुन बनाएर यस्ता व्यवसायलाई नियामन गर्ने गरी सरकार अघि बढेको थियो ।

तर,अहिले सम्म यस्ता स्टार्टअफ व्यवसायलाई नियामनको दायरामा आएका छैनन् । ट्याक्सी चालक र पठाओको यो विवादले सोमबारदेखि सेवा प्रभावित भएको छ ।

पछिल्लो समय काठमाडौंका सडक भरी पठओका राइडर नै राइडर देखिन थालेका छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।