दुई कम्पनीको शेयरमूल्य समायोजन

Mar 31, 2021 08:49 AM Merolagani

चैत १८ गते बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेले आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १५३१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, नेप्सेले उन्नती सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य २३१७ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। बुधबार आरम्भ चौतारी लघुवित्तको शेयर प्रतिकित्ता १६६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने उन्नतीको प्रतिकित्ता २७३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३१ गते, मंगलबार पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई १००ः९५ः९५ अनुपातमा प्राप्त गर्ने विशेष प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, एक्विजिशनपश्चात लघुवित्तको शेयर स्वमित्व संस्थापकको ६८.३० प्रतिशत र सर्वसाधारणको ३१.७० प्रतिशत रहने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटड (USLB) ले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न चैत ३१ गते साधारण सभा डाकेको छ। सो सभा होटल पौवा, भैरहवा बिहान साढे १० बजे सभा बोलाएको हो।

लघुवित्तले बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ। बोनस शेयर र एफपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।