मोटरसाइकलको क्लचप्लेट कसरी जोगाउने ? यस्ता छन् उपाय

Apr 14, 2021 02:42 PM Merolagani

नेपालमा बाइक किन्नु र चलाउनु पछिल्लो समय कुनै नौलो विषय होइन् । सामान्यदेखि महँगा बाइक बजारमा पाइन्छन् । नेपालमा बाइक पैसा,उमेर र भूगाेल अनुसार छनाैट हुने गर्छ ।

 

हिमाल,पहाड तथा तराई सबै क्षेत्रमा सहज रूपमा सञ्चालन हुने भएकाले पनि बाइकको प्रयोग बढ्दो छ ।

तर,बाइक चलाउँदा सामान्य प्रणाली सम्बन्धी जानकारी नहुँदा बाटोमा बिग्रियर दुःख पाइने गरेको छ । खासगरी बाइक चलाउँदा राइडरहरुको गुनासो क्लच प्लेटमै हुन्छ ।

प्रायः क्लचको प्रयोगलाई र सुरक्षाको विषयमा ज्ञान नहुँदा क्लच प्लेट बिग्रिएर बाटोमै अलपत्र पनि परिन्छ ।
यसरी जोगाउनुस् क्लचप्लेट

सबैभन्दा पहिला क्लचको लिभर सही स्थानमा हुनुपर्छ । सबभन्दा टुप्पोमा अथवा ह्याण्डल बारको नजिक हुनुहुँदैन ।

ट्राफिक जाममा फस्दा वा धेरै समयसम्म रोकिनुपर्ने अवस्थामा पहिलो वा दोस्रो नम्बरको गियरमा सवारी राखी क्लचसमातेर नबस्नुस् । जसले क्लचमा समस्या ल्याउँछ ।

जाममा रोकिनुपर्दा सधैं न्यूट्रल गियरमा बस्नु उपयुक्त हुन्छ ।

लामो समय रोकिएर बस्नुपर्ने अवस्था आयो भने इन्जिन नै बन्द गरेको बस्नुपर्छ । त्यस्तै दोस्रो वा तेस्रो गियरमा रोकिएको अवस्थामा बाइक उठाउने प्रयास गर्नुहुँदैन ।

यसले क्लच प्लेटलाई दबाव पर्छ र क्लच प्लेट जाने गर्छ । त्यसैले रोकिएको स्थानबाट आफ्नो सवारीलाई अगाडि बढाउँदा पहिलो अर्थात एक नम्बरको गियरमा उठाउनुपर्छ ।

सवारी स्टार्ट गर्दा पनि सधैं न्यूट्रल गियरमा स्टार्ट गर्नुपर्छ । एकदमै हतारको बेलामा कहिलेकाहीँ पहिलो नम्बरको गियरमा स्टार्ट गर्न पनि सकिन्छ । तर,आफ्नो बानी भने सधैं न्यूट्रलमा राखेर स्टार्ट गर्ने हुनुपर्छ । यसो गर्दा लामो समयसम्म पनि क्लचप्लेट परिवर्तन गर्न जरुरी हुँदैन ।

के हो क्लच प्लेट ?

सवारी साधनमा प्रयोग हुने क्लच निकै महँगो मध्यको एक पार्ट्स हो । क्लच प्लेटको मुख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो । हेवी ट्राफिक जाममा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ ।

जति धेरै क्लचको प्रयोग गर्यो त्यतिनै क्लचमा समस्या आउँछ ।

कतिपय मानिसको क्लच लिभर समातेरै बाइक चलाउने बानी हुन्छ । जसले क्लच प्लेटमा दबाब बनाइ राख्छ र चाँडै बिग्रने गर्छ ।

क्लच प्लेट बिग्रने समस्या चालकको सवारी चलाउने बानीमा धेरै हदमा भर पर्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।