कालिका लघुवित्तको मूल्य समायोजन

Apr 04, 2021 09:20 AM Merolagani

चैत २२ गते, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) को शेयरमूल्य समायोजन भएको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १२९१ रुपैयाँ तोकिएको छ।

लघुवित्तको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो। गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १४२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल प्रा।लि।को सभाहल, पोखरामा दशौँ र एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै लघुवित्तको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५४.५२ प्रतशित र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली सशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।