अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार, २३.२३ अंक बढेर २७१४.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.६१ अंक बढेर २७३५.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५२ कम्पनीको ७१ लाख ७९ हजार ७६५ रुपैयाँ बराबरको १२ हजार ११३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।