गत साता नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्से, यस साता के होला?

Apr 18, 2021 08:04 AM Merolagani

गत साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेले नयाँ रेकर्ड बनाएर बन्द भएको हो।

साताभरीमा नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ६१.०४ अंक बढेर २७३५.३९ विन्दुमा बन्द भएको थियो। अघिल्लो साता नेप्से २६७४.३५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २८५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ। यस साता नेप्से २७०० विन्दुभन्दा माथि नै रहे बुलिश यात्राले निरन्तरता पाउने देखिन्छ।

मैनबत्ती विश्लेषण अनुसार गत साता नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता उच्च खरिदचाप रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने लगानीकर्ताहरु अन्योलमा रहेका देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता बजारमा देनिक औषतमा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। योसँगै नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २३.७५ प्रतिशत बढी हो। भोल्यूम सहितको नेप्सेको वृद्धिलाई बलियो वृद्धि मानिन्छ।

बैंकिङ्ग उपसमूह

गत साता दोस्रो बजारका लगानीकर्ताहरु बैंकिङ्ग उपसमूहतर्फ आकर्षित हुन थालेको देखिएको छ। फलस्वरुप, यस उपसमूहको परिसूचक सो साता ४.५७ प्रतिशत बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन १८२०.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ८३.२१ अंक बढेर १९०४.१६ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको देखिएको छ। यसले बैंकिङ्ग सेक्टरमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।