सिटिजन्स बैंकको खुद नाफा साढे ४१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

Apr 20, 2021 06:37 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीसँगै फि कमिशन तथा डिस्काउण्ट आय र गैर सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढेको हो।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने खुद फि कमिशत तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशत बढेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ। बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी गत चैत १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको यस बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो २८.५८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा २६.३० प्रतिशत बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाउन सफल यस बैंकको निष्क्रिय कर्जा पनि केही बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.९७ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.८३ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट २.४४ प्रतिशतविन्दु घटेको छ भने स्प्रेड ०.९९ प्रतिशत घटेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।