महालक्ष्मीको नाफालाई गैर सञ्चालन आम्दानीको टेवा

Apr 20, 2021 09:58 AM Merolagani

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५७ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपनि गैर सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ०.६४ प्रतिशत घटेको छ। यद्यपि, बैंकको गैर सञ्चालन आम्दानी २३ लाख रुपैयाँबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ। जसले गर्दा बैंकको खुद नाफामा सामान्य सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा सामान्य बढेपछि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १५ पैसा घटेर १६ रुपैयाँ १० पैसामा झरेको हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ। बैंकले सो दरमा बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो। समीक्षाअवधिमा बैंकको जगेडा कोष ६.९४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १.३८ प्रतिशत घटेको छ भने कर्जा लगानी १.१४ प्रतिशत घटेको छ। कर्जा लगानी घटेपनि बैंकको निष्क्रिय कर्जा भने बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा ०.६६ प्रतिशतविन्दु बढेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।