बालबालिका बीमालेखमा दाबी परेपनि बीमा अवधि पुरा भएपछि मात्रै दाबी भुक्तानी पाउने

Apr 20, 2021 06:21 PM Merolagani

बीमा समितिले बालबालिकाको बीमालेखमा परिमार्जन गर्दै बीमा अवधि पुरा भएपछि मात्रै एकमुष्ट दाबी रकम पाउने व्यवस्था गरेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

बीमित बच्चाको जोखिम सुरक्षण भइसकेपछि मृत्यु भएका तत्काल बीमांकको २५ प्रतिशत प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत तथा मृत्यु हुदाँसम्मको आर्जित बोनस समित एक मुष्ट बीमा अवधि समाप्ति पछि भुक्तानी गर्नुपर्ने समितिले व्यवस्था गरेको छ ।

तर बीमित बच्चाको जोखिम सुरक्षण हुनु अघि मृत्यु भएमा बीमा वापत लिएको बीमा कम्पनीहरुले बीमितलाई बीमाशुल्क फिर्ता गनुपर्नेछ ।

यस्तै समितिले बच्चाहरुको अधिकतम कुल ५० लाख रुपैयाँ बीमांक भन्दा बढीको बीमा गराउन नपाउने पनि व्यवस्था गरेको छ । सो भन्दा बढीको बीमा गराउनु परे प्रस्तावकको समेत बालबालिकाको बीमांक रकम बराबरको बीमा गराउनु पर्नेछ ।

यस्तै बालबालिका बीमालेख खरिद गर्दा प्रस्तावकले सबै बीमा योग्य बच्चाहरुको समान बीमांकको बीमा गर्नुपर्दछ ।

बच्चाहरुको बीमा गर्दा प्रस्तावकले बालबच्चाको बीमा अवधि समाप्ति मितिसम्म आर्थिक रुपमा बीमाशुल्क भुक्तान गर्न सक्षम रहेको र ठुलो बीमांकको हकमा आफ्नो समेत बीमा निरन्तर गर्न सक्ने गरी बीमकले वित्तीय जोखिमाङकन गर्न पनि समितिले निर्देशन दिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।