महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त

Apr 20, 2021 06:48 PM Merolagani

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले रवि राज भट्टराईलाई स्वतन्त्र संचालकमा मनोनयन गरेको छ।

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि बसेको पहिलो बैठकबाट कम्पनीले भट्टराईलाई स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

टोखा नगरपालिका वार्ड नं. ४ का भट्टराई पेशाले चार्टड एकाउन्टेन्ट हुन् । उनले विगतमा नविल बैंक लिमिटेड र विभोर विकास बैंकमा काम गरिसकेका छन् ।

उनले आजै संचालक समितिका अध्यक्ष मनोरजन रमण शर्माबाट सपथ लिएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।