विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९७ प्रतिशत बढी हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ६०.५८ प्रतिशत, बीमा कोष १४८.९५ प्रतिशत र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको ८३ हजार १६७ बीमालेखबापत ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ।
सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ।