जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको विशाल बजार कम्पनीको शेयरमूल्य बढेसँगै व्यापार उपसमूहको परिसूचक बढेको हो। त्यसैगरी, अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेपछि यस उपसमूहको परिसूचक पनि बढेको हो।
यस दिन अन्य उपसमूहको परिसूचक २.५४ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको १.८४ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
कारोबारमा आएको नारायणी विकास बैंकको यस दिन सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
बिहीबार नेप्से परिसूचक १ प्रतिशत अर्थात २५.८२ अंक बढेर २६११.१० विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८४ प्रतिशत बढेर ४६९.०२ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन नेप्सेमा २१७ कम्पनीको ५० हजार ६७३ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको ९८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएको सिंगटी हाइड्रो, महिला लघुवित्त र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन साढे ८ प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर भने न्यून नै रहेको छ। यस दिन सर्वाधिक शेयरमूल्य घटेका १० कम्पनीहरुको सूचीको शीर्ष स्थानमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी रहेको छ जसको मूल्य २.८२ प्रतिशत घटेको छ।